शिवसताक्षी।
रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ झापाले शिवसताक्षीका बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ ।
प्रतिष्ठानले शिवसताक्षी नगरपालिकाका विभिन्न वडाका बाढीबाट अति प्रभावित २० परिवारलाई राहत सामग्री वितरण गरेको हो । वितरण गरिएको साम्रगीमा प्रत्येक परिवारलाई २५ केजी मन्सुली चामल, २ केजी दाल, २ लिटर खानेतेल, २ पोका न्युटेला, ४ केजी चिउरा, २ केजी आलु, विद्यार्थीहरुका लागि १÷१ दर्जन कपी, डटपेन र पेन्सिल रहेका छन् । प्रतिष्ठानले जिल्ला दैवी प्रकोप उद्धार समिति झापा र नेपाल रेडक्रस झापासँग समन्वय गरी उक्त सामग्री वितरण गरेको हो ।
प्रतिष्ठानका सचिव यज्ञराज ओली (गोपाल)का अनुसार शनिबार प्रतिष्ठानको कार्यालयमा बैठक बसी साउन २७ गतेदेखि परेको वर्षाका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै विपद्मा परेकाहरुप्रति सहानुभूति प्रकट गरेको थियो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी, झापा शाखा मार्फत प्रत्येक परिवारलाई १ थान त्रिपाल, कम्बल, खाद्य सामग्रीहरु तथा साडी, ब्लाउज, कुर्ता, पेन्ट लगायतका सामग्री वितरण गरेको हो ।
शिवसताक्षी नपाका मेयर चन्द्रकुमार सेर्माले विपद्मा परेका परिवारजनलाई रुद्र–गौरी श्रीअम्बिका–ओली प्रतिष्ठानले गरेको सहयोगप्रति धन्यवाद दिदैं अन्य मानवीय कार्यमा सहयोग पु¥याउने व्यक्ति तथा संघ–संस्थालाई कृतज्ञता जाहेर गरेका थिए । संस्थाका अध्यक्ष गंगाप्रसाद ओली, कोषाध्यक्ष नारायणप्रसाद ओली लगायतले राहत वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
झापा जिल्लाको अति नै बाढीको अति नै जोखिम मानिएकोे शिवसताक्षी क्षेत्रमा वर्षेनि कनकाई, कमल, सतासी, झिलझिले लगायतका नदीले जनधनको क्षति गर्दै आएको छ ।