Aamsanchar

बढी पिडित भन्छन्–आकाश मडारिन्दा मनमा चट्याङ पर्छ

Author Image
मङ्गलवार, भदौ ६, २०७४

नरेन्द्र ढकाल/ झापा,

गतसाता अबिरल वर्षासंगै आएको बाढीका कारण झापामा मात्रै १३ जनाले ज्यान गुमाउनु प¥यो भने देशभर बाढी र पहिरोमा परेर १४३ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोकार कारण हजारौं घरबारबीहिन बनेका छन् । धेरैले आफ्न्त गुमाउनु परेको पिडा छ । हाल राहत तथा उद्धारको काम चलिरहेको सरकारले जनाएको छ । विभिन्न संघसंस्थाहरुले राहत तथा उद्धाकारका साथै विभिन्न मानवीय सहयोग जारी राखेका छन् ।

भ्mापामा वर्षाका कारण सयौं विगाह खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । विगतका वर्षहरुमा भन्दा यो वर्ष निरन्तररुपमा धेरै वर्षाभएकाले क्षति धेरैभएको नेपाल रेडक्रस सोसाईटी झापा साखाका सभापति लोकराज ढकालले बताए । उनले झापाको कनकाई माईमा बाढी आउने सूचना छिट्टै प्रवाह गर्न पाएकाले धेरैले ज्यान जोगाएको उल्लेख गरे ।

भ्mापाका कनकाई, रतुवा, कमल, निन्दा, विरिङ्ग, मेची लगायतका सानाठूला दर्जनबाढी नदीहरुले क्षति पु¥याउने गरेका छन् । बाढीबाट प्रभावित भएकाहरुलाई विभिन्न स्थानमा आश्रय दिएर राख्नेकाम भइरहेको र उनीहरुलाई पुर्नस्थापनाको विषयमा पनि पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

क्षतिको विवरण संकलन गर्ने तथा राहत वितरण गर्ने कामलाई जिल्ला प्रशासन कार्यालयले तिब्रता दिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । झापाको दक्षिणी क्षेत्र बाढीका कारण धेरै प्रभावित भएको जनाइएको छ ।केही दिन अविरल रुपमा परेको वर्षाले ठूलो जनधनको क्षति गरेपछि हाल राहत र उद्धारको क्रम चलिरहेपनि दक्षिणी झापाका बासिन्दालाई आकाशका बादल मडारिन्दा मनका चट्याङ्ग पर्ने गरेको बताएका छन् ।

दक्षिणी झापाको गौरीगञ्ज गाँउपालिका (साविक महाभारा गाविस–५) का गंगा प्रसाई भन्छन्– वर्षाले विनास त ग¥र्यो अब फेरी के गर्ने हो भन्ने चिन्ताले सताइरहेको छ । आकाशमा बादल मडारिन्दा मनमा चट्याङ पर्न थाल्छ । कतिबेला के हुने हो भन्ने त्रासले रातभर निन्दा नलाग्ने गरेको उनले बताए । घरछेउमा नै रहेको कनकाईमाई र बनेनी खेलाले कुनबेला के गर्ने हो भन्ने चिन्ताले सताउने गरेको उनले बताए ।

दक्षिणी क्षेत्रका बासिन्दाको घरखेत त बगर बनायो कतै फेरीपनि ठूलो बिपत्ती आउने हो की भन्ने डरले सताउने गरेको खजुरगाछीका सन्तोषकुमार यादबले बताए । उनी भन्छन्–पहाडी क्षेत्रमा कालोबादल जम्मा हुनसाथ के हुने हो भन्ने त्रासले सताउने गरेको छ । उनले एका तिर घरबार तथा पारिवारिक विछोडका पिडा त छदैछ अर्को पिडा थप्पिने हो की भन्ने डरले सताउने गरेको बताए ।

वर्षासंगै आएको बाढीका कारण झापाका तराई क्षेत्र जलमग्न हुने गरेका छन् । यसपटक भने बाढीले धेरै क्षति गरेको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धेरै खेती योग्य जमिनका साथै बालीहरुमा समेत क्षति पुगेको छ । भेरै स्थानमा रोपि सकेको धान खेतहरु अहिले बगरमा परिणत भएका छन् ।
यसैबीच झापामा बाढीका कारण विस्थापित भएका तथा क्षति पुगेका परिवारलाई राहत वितरण तिब्र रुपमा भएरहेको जनाइएको छ । बाढीका कारण धेरै प्रभावित भएको झापा गाँउपालिकामा राहत वितरणलाई तिब्र बनाइएको र अन्य स्थानमा पनि स्थानीय निकायका जनप्रतिनिभि मार्फत राहत वितरणको काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विर्तामोड नगरपालिकाका बाढी प्रभावितहरुलाई मंगलबार (आज) राहत वितरण गरिने मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । उनले विभिन्न क्षेत्रबाट संकलन भएको राहत सामग्रहीहरु स्थानीय जनप्रतिनिधिको रोहबरमा वितरण गरिने बताए ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर