Aamsanchar

क्यान्सरपीडित सनम बचाउ अभियान

Author Image
मङ्गलवार, भदौ ६, २०७४

इलाम।

फोक्सोको क्यान्सरबाट पीडित बनेका इलाम देउमाई नगरपालिका–८ का सनम पुलामी मगरको उपचारका लागि चन्दाबाट रु १० हजार रकम संकलन भएको छ ।

मुटु र फोक्सोको बिमारीले आजित बनेका सनमलाई घरको आर्थिक स्थिति कमजोर भएपछि इलाम नगरपालिका र सूर्योदय नगरपालिकाबाट रकम संकलन गरिएको हो ।

सनमका छिमेकी सुशान्त चापागाईंका अनुसार उपचारका लागि रु १० लाख लाग्ने र उपचार खर्च जुटाउन समस्या भएकाले ‘सनम पुलामी मगर बचाउ अभियान’ नै सञ्चालन गरेर सहयोग संकलन गर्न थालिएको हो ।

अठार वर्षीय सनमको मुटु र फोक्सोको समस्या एकैचोटी देखिएको र मुटुको शल्यक्रिया गर्दैमा मात्र रु चार लाख खर्च भइसकेको सुशान्तले बताउनुभयो । सुशान्तका अनुसार इलाम नगरपालिका र अन्य क्षेत्रमा पनि रकम संकलन गर्ने योजना रहेको समेत उहाँले सुनाउनुभयो ।

कक्षा–१० मा पढ्दै गरेका सनमको मुटुमा एक्कासि समस्या देखिएको र अस्पतालमा जाँच गर्दा फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । सनमको भरतपुरको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर