Aamsanchar

छुरा प्रहार गर्ने युवक लागूऔषधसहित पक्राउ 

Author Image
मङ्गलवार, भदौ ६, २०७४

सुनसरी।

सुनसरीको धरान-२ भानुचोकबाट प्रहरीले छुरा प्रहार गर्ने एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१५ माहादेव चोक बस्ने २८ बर्षिय श्रीमन मगर रहेका छन्।

मंगलबार विहान १० बजेतिर मगरले को १ ख ४५४२ नम्बरको बसका कन्टेक्टर इटहारी-६ बस्ने २० बर्षिय राजु राईलाई छुरा प्रहार गरेपछी प्रहरिले नियन्त्रण लिने क्रममा उनको साथबाट लुपिजेसीक-२ एम्पुल, डाईजोल्याप-२ एम्पुल, एभिल-२ एम्पुल बरामद गरेको हो।

पक्राउ परेका मगरलाई लागूऔषध र छुरासहित इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ भने छुरा प्रहारबाट घाइते राईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर