Aamsanchar

पाथीभराको भेटी कन्काई बैंकले साट्ने

Author Image
बुधवार, भदौ ७, २०७४

दमक।

पूर्वको पवित्र धार्मिक स्थल पाथीभरा मन्दिरमा करिब सात वर्षदेखि जम्मा भएको भेटी (मन्दिरमा चढाइएका सिक्का) दमकको कन्काइ बिकास बैंकबाट साटिने भएको छ ।पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति मार्फत कन्काई बिकास बैंकले उक्त सिक्काहरु झापा ल्याएर धोइपखाली गर्न बंैकका सञ्चालक माधव पराजुलीको आँगनमा राखिएको छ ।
समितिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष रणबहादुर कार्कीका अनुसार १५ हजार ७ सय ५० केजी सिक्काहरु ल्याइएको छ । अरु बैंकले यति ठूलो परिमाणको सिक्का लिन नमानेको अवस्थामा कन्काई बैंकले मानेकाले सात वर्षदेखि मौज्दात रहेको सिक्का ढुवानी खर्च व्यहोरी बैंकले ल्याएको हो ।
बैंकका कार्यकारी प्रमुख प्रकाशमान बज्रचार्यका अनुसार आफूहरुका सबै शाखाहरु मार्फत उक्त भेटी इच्छुकले लैजाने ब्यवस्था मिलाइने छ । बैंकले सिक्काहरु गनेर त्यो बराबरको रकम समितिको खातामा हालिदिने छ ।
पाथीभरा मन्दिरमा चढाइएको भेटी लिन इच्छुकहरुले जति रकम लिने त्यो तिरेपछि त्यही बराबरको सिक्का भेटी पाउने ब्यवस्था मिलाइने बताइएको छ ।
एक रुपैयाँ सिक्काको तौल चार र दुई रुपैँयाको पाँच ग्राम हुन्छ । टल्कने ४ किलो सिक्काको एक हजार रुपैयाँ हुन्छ । गनिरहन झन्झट हुने भएकाले यसरी नै हिसाब निकाल्ने बैंकले जनाएको छ ।

जस अनुसार १६ टनको ४० लाख रुपैयाँ हुने समितिका कर्मचारी नविन निरौलाले बताए । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सिक्का हालसम्म सटही भएको थिएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 430

प्रतिक्रिया (०)