Aamsanchar

छतबाट खसेर बालकको मृत्यु

Author Image
बुधवार, भदौ ७, २०७४

झापा :

झापामा बुधबार घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। मेची नगरनगरपालिका–१० स्थित खयरडाँगीका टीका राम रपालका २ वर्षीय छोरा जोना रपालको छतबाट खसेर मृत्यु भएको हो।

उनी खेल्दै गर्दा आफ्नै घरको छतबाट खसेका थिए। छतबाट खसेर गम्भीर घाइते उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर