Aamsanchar

बाढीपीडितलाई सहयोग गर्न रेडक्रसको अन्तर्राष्ट्रिय अपिल

Author Image
बिहिवार, भदौ ८, २०७४

काठमाडौँ ।

नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा तयारी खाना, अस्थायी आवास निर्माण, पुनः निर्माण, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग गर्न अपिल गरेको छ ।

गत हप्ताको बाढी तथा पहिरोले तराईका प्रत्यक्ष रुपमा १५ लाख जनसङ्ख्या अति प्रभावित भएको जनाउँदै सोसाइटीले आफ्नो सहयोगलाई तीव्र बनाएको जनाएको छ ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बाढी तथा पहिरोले प्रारम्भिक रुपमा १५ लाख जनसङ्ख्या प्रभावित भएको द्रुत सर्वेक्षणले देखाएको जानकारी दिँदै तीमध्ये ८१ हजार पीडितलाई तत्कालीन तथा अल्पकालीन सहयोग गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “थप सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरिसकिएको छ ।” हालसम्म प्रभावित क्षेत्रमा आपत्कालीन आवास, खाद्य सामग्री वितरणमा तीव्र गति दिएको सोसाइटीले जनाएको छ । अहिलेसम्म तीन हजार ७६६ परिवारलाई गैरखाद्य सामग्री सेट, पाँच हजार ७५३ परिवारलाई त्रिपाल, ४१ हजार ८०० लाई खाद्यान्न, दुई हजार ५०० झूल, एक हजार ८०० जनालाई ओछ्याउने सामग्री वितरण, स्वास्थ्य र सरसफाइका लागि १८ हजार ६०० जीवनजल प्याकेट, पानी शुद्धीकरण ट्याबलेट तथा साबुनसमेत वितरण गरिसकिएको छ ।

बाढी प्रभावित क्षेत्रमा हालसम्म केन्द्रीय तथा क्षेत्रीय गोदामबाट करिब रु आठ करोड ४० लाख बराबरको सामग्री वितरण भइसकेको सोसाइटीले जनाएको छ ।
बाढीपीडितलाई त्रिपाल, कम्मल, लगाउने लुगा, भान्साका सामग्रीलगायत अन्य सामग्री वितरण, स्वास्थ्य र सफाइका बारेमा सचेतना कार्यक्रमसमेत तीव्र बनाइएको रेडक्रसले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर
कनकाई नदीको शिर र पुच्छर 
सोमवार, कार्तिक १९, २०८१
आजकाे माैसम
सोमवार, कार्तिक १९, २०८१