दक्षिण अमेरिकामा बसोबास गर्ने नेपालीहरु र हिमालय रोडस् ओ एस नेपालको संयोजनमा बिशाल भारती, उदयबहादुर भारती, विष्णुमाया भारती, निलम जोशी लयागतको विषेश अभियानमा झापा गाउ“पालिकाको वडा नं। ३ र ४ का बाढी पिडीतका लागी संकलित राहत रकम वाट बुधबार वडा नं.४ को जगदम्बा प्रावीको प्राङगणमा राहत सामाग्री विरण गरिएको छ ।



वडा नं।४ का ३ सय घरपरिवारका पिडितलाई रहात वितरण गरिएको थियो । रहात सामाग्रीमा म्याट, झुल, तन्ना, साबुन, जनही १ बोरा मुरै लगायतका सामान प्रदान गरिएको थियो ।झापा गाउपालिका वडा नं। ४ का अध्यक्ष राजु भारतीले अमेरिकामा रहेका आफ्ना परिवारका सदस्यलाई राहत को लागि आर्थिक जुटाईदिन अनुरोध गरेपछी उक्त राहत सामाग्री ४ नं। वडामा वितरण गरिएको हो ।राहत वितरण कार्यमा झापा गाउँपालिका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, वडा नं। ३ का अध्यक्ष मोतिलाल गणेश, समाजसेवीहरु भक्तबहादुर बानिया, हरिबहादुर बस्नेत, गिरीधारी सिंह, रंगलाल दाहाल, शुशिलराज जोशी, महम्मत अक्तर, शुन्दर बेस्रा लगायतको सहभागिता रहेको थियो ।




इलाका प्रहरी कार्यालय कुमरखोद, प्रहरी चौकी टागनडुब्बा, ससस्त्र प्रहरी वल टागनडुब्बाको रोहवरमा भएको राहत वितरण कार्यक्रमको संयोजन पिडित तथा विपन्न वर्ग उत्थान समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
महाविपतको वेला झापा गाउँपालिका वडा नं। ४ र ३ का बाढी पिडितहरुकालागी दक्षिण अमेरिकामा बसोबास गर्ने नेपालीहरु र हिमालय रोडस् ओ एस नेपाल, बिशाल भारती, उदयबहादुर भारती, विष्णुमाया भारती, निलम जोशी र सबै मानविय सेवामा समर्पित नेपालीले गरेको सहयोगी कामको वडा अध्यक्ष राजु भारतीले प्रसंशा गरोका थिए ।


