हिजो नेपाल आइडल यसरी चिप्लियो
अहिले चर्चामा रहेको रियालिटी टिभी शो नेपाल आइडलको हिजोको टप फाइभको पर्फमेन्स डेमा एडिटिङमा सामान्य ध्यान नदिँदा नराम्ररी चिप्लिएको छ। यसले पूरै शोलाई नाटकीय देखाइदिएको छ।

के भएको थियो त हिजोको कार्यक्रममा? आउनुस् विस्तारका साथ हेरौँ।


कार्यक्रमको सुरुवात तीजको रमझमबाट भएको थियो। इन्दिरा जोशी र नेपाल आइडलकी एक मात्र महिला प्रतिस्पर्धी सुजाताले तीज गीत गाइन्। अनि सेलिब्रिटी जज प्रमोद खरेल आए। पहिलो गीत गाए सागर आलेले। सागर आलेले गीत गाउँदा सुजाता प्रतिस्पर्धी बस्ने ठाउँमा थिइनन्।




सागर आलेले गीत गाइसकेपछि ब्रेक भयो।

ब्रेकपछि प्रमोद खरेलले आफ्नो प्रतिभा देखाए।

त्यसपछि निशान भट्टराई गाउन गए। त्यतिबेला पनि सुजाता देखिएकी थिइनन्।

निशानपछि बुद्ध लामाको पालाे। बुद्ध लामा गाउनलाई उठ्दा पनि त्यहाँ सुजाता थिइनन्।

जब बुद्धले गाइसिध्याए, जज इन्दिरा जोशीले कमेन्ट गर्दै गर्दा प्रतिस्पर्धी बस्ने ठाउँमा सुजाता देखिइन्। साथमा एक महिला पनि थिइन् प्रताप दास र सुजाताको बीचमा।

सेलिब्रिटी जज प्रमोदले कमेन्ट गर्दैगर्दा फेरि एक पटक ती महिला प्रताप र सुजाताको बीचमा देखिइन्।

त्यसपछि ब्रेक भयो र सुजाता गाउन आइन्।


सुजाताले गाउन सकाएपछि तपाईँलाई विशेष कुरा देखाउँछौँ भनी होस्टहरुले स्क्रिनतिर फर्काए। र तिनै महिला अगाडि देखा परिन्।

अघि सँगै बसेकी आमाछोरी। अहिले चाहिँ सरप्राइज रे। एकछिन अघिसम्म सँगै बसेपछि आमा आइसकेको थाहा नहुने कुरा हुँदैन। त्यसो भए फेरि किन सरप्राइज र रुवाबासी?

फेरि सरप्राइजसँगै सुरु भयो रुवाबासी। प्रमोद रोए।

इन्दिरा रोइन्।

सुजाता त रोएको रोयै।

न्ह्यु पनि रोए।

भिडियो हेर्नुस्। https://youtu.be/ogfW9b0Lab4
पाठक, दर्शक नेपाल आईडलको यसरी गर्दैछन टिप्पणी ।

मेरो मेरो संसारवाट साभार
Views: 189

