Aamsanchar

मौसमी फ्लूको संक्रमण अझै कम भएको छैन, सावधानी अपनाउन आग्रह

Author Image
शनिवार, भदौ १०, २०७४

काठमाडौं,

मौसमी फ्लूको संक्रमण अझै कम हुन नसकेकोले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । अझै पनि दैनिक १०–१५ जना कडा खालका रुघाखोकी लागेका बिरामी अस्पताल आउने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार केही दिनअघिसम्म दैनिक ४०–५० जना बिरामी अस्पताल पुग्ने गरेकामा अहिले त्यो संख्या घटेको छ ।

तर पनि मौसमी फ्लू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सावधानी भने अपनाउन उहाँको सुझाव छ । उहाँका अनुसार टाउको दुख्ने, ज्वरो आउने, घाँटी र जीउ दुख्ने, सास फेर्न गाह्रो तथा रुघाखोकीका बिरामी अहिले पनि अस्पताल पुग्ने गरेका छन् । खानपान र मौसमका कारण अझै पनि फ्लुको संक्रमण नरोकिएको डा. पुनले बताउनुभयो ।

मौसमी फ्लुबाट जोगिन धेरै भीडभाड भएको ठाउँमा नजान तथा सार्वजनिक गाडीमा ओहोरदोहोर गर्दा माक्स अनिवार्य लगाउन डाक्टरको सल्लाह छ । यस्तै उमालेको मात्रै पानी पिउन र बाहिरका खानेकुरा नखान पनि उनीहरुको सुझाव छ ।उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर