Aamsanchar

पाठामारीका १०० बाढ़ी पीड़ित परिवारलाई अन्तराष्ट्रिय झापाली समाजद्वारा राहत

Author Image
शनिवार, भदौ १०, २०७४


कचनकवल[झापा]

अन्तराष्ट्रिय झापाली समाजद्वारा झापा जिल्लाको कचनकवल गाऊँपालिका ५ पाठामारीका १०० बाढ़ी पीड़ित परिवारलाई राहत वितरण गर्यो। अन्तरास्ट्रिय झापाली समाजका संयोजक भवानी ओली, स्थानीय गाउपालिका अध्यक्ष अंजार आलम, झापाली समाज इजरायलका भू पू अध्यक्ष ललित बजगाई लगायत अष्ट्रेलिया , दक्षिण कोरिया, इजरायल , यु ए इ, क़तार लगायतका मुलुकमा वस्ने र वसेका झापाली समाजका दर्जनौं स्वयंसेवकहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

यस अघि अन्तराष्ट्रिय झापाली समाजद्वारा अन्तरास्ट्रिय झापाली समाजका संयोजक भवानी ओली, सदस्य ललित बजगाई, प्रदीप ९माईनस प्लस० संग्रौला, केशव श्रेस्ठ लगायत बिभिन्न देशका प्रतिनिधिहरूको उपस्थितिमा स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा झापाको वारादशी गाऊंपालिका अन्तर्गत पर्ने चकचकी र विहिवारेका १०० वाढिपिडित परिवारलाई साउन ३१ गते, गौरिगन्ज गाउँपालिका वडा नं २ को कोरोवारी का १३० परिवारलाई साउन ३२ गते, झापा गाउंपालिका वडा नं ७ मदरगाछका १०० परिवारलाई भाद्र २ गते र कन्काइ नगरपालिकाको चम्पापुरका ७५ परिवारलाई भाद्र २ र ३ गते राहत वितरण गरिसकेको छ। अब दोस्रो चरणको राहतको तैयारी भैरहेको कुरा अन्तराष्ट्रिय झापाली समाज़का सदस्य एबं झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले बताउनुभयको छ।

विभिन्न देशहरूमा रहेका झापाली समाजहरूको सक्रिय सहभागितामा अन्तराष्ट्रिय झापाली समाज़ले हालसम्म झापाका ५०० भन्दा बढ़ी बाढ़ीपिडित परिवारलाई राहत वितरण गरिसकेको कुरा अन्तराष्ट्रिय झापाली समाज़का सदस्य एबं झापाली समाज अष्ट्रेलियाका संरक्षक दिनेश पोखरेलले बताउनुभयको छ। अन्तराष्ट्रिय झापाली समाजका महासचिव रूपराज मैनालीका अनुसार वाढी आए लगत्तै मैदानमा खटिएका अन्तराष्ट्रिय झापाली समाजका स्वयमसेवकले पहिलो चरणको राहत स्वरूप हाल सम्म रु ११ लाख भन्दा बढ़ी मुल्य वरावरको राहत सामग्री वाडिसकेका छन।

अन्तराष्ट्रिय झापाली समाजको राहत वितरण कार्यक्रममा जिल्ला विपत व्यवस्थापन समिति, नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सक्रिय सहभागिता रहेकोमा वहाहरुलाइ धन्यबाद दिदै हाल झापामा राहत बितरण कार्यक्रमको नेतृत्व गरिरहनुभएका अन्तराष्ट्रिय झापाली समाजका संयोजक भवानी प्रसाद ओलीले
सिंगै तराई डुवान पछिका अनेकन समस्यावाट ग्रसित भएकोले मधेशको करुणामय अवस्थालाई मधयनजर गर्दै देश र विदेशमा वस्ने संपूर्ण महानुभावहरुलाई जहाँ, जसरी र जे गर्न सकिन्छ सो गरेर पिडितको जिवन रक्षा अभियानमा सहभागि हुन र जनधनको थप क्षति रोक्ने अभियानमा सामेल हुन अपिल गर्नु भएको छ।

Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर