Aamsanchar

लागूऔषधसहित मानिस पक्राउ

Author Image
शनिवार, भदौ १०, २०७४

मोरङ।

मोरङको विराटनगर-१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट शुक्रबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान-१४ बस्ने ३१ बर्षिय रँजित राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेल्याब ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल र एभिल ९ एम्पुल बरामद गरेको छ।

उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरेहको छ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर