Aamsanchar

प्रिमियर इन्सुरेन्स झापा मिडिया कप पहिलो दिनको खेल सम्पन्न

Author Image
आइतवार, भदौ ११, २०७४

यलम्बर टाइम्स–मेरो रेडियो, सनराइज, सूर्योदय र आमसञ्चार सेमिफाइनलमा बिर्तामोड, भदौ १० । नमुना सामुदायिक खेल मैदानमा जारी प्रिमियर इन्सुरेन्स झापा मिडिया कप २०७४ मा चार टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै सेमिफाइनल र फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ ।
शनिबार सम्पन्न खेलबाट यलम्बर टाइम्स–मेरो रेडियो, सनराइज, सूर्योदय र आमसञ्चार सेमिफाइनलमा प्रवेश गरेका हुन् । विवेचना दैनिकले २५औँ वर्ष पार गरेको अवसरमा आयोजित मिडिया कपको उद्घाटन खेलमा यलम्बर टाइम्स–मेरो रेडियोले जनसंसद्–लोकतन्त्र पोस्ट–सरगम एफम र रेडियो अनको टिमलाई २–० गोलले पराजित गरेको हो । उसका लागि दिपेन दनुवारले खेलमा ६ र ३८औँ मिनेटमा गोल गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगदसहित ट्रफी पाए ।
दोस्रो खेलमा सूर्योदय टिभीले आयोजक विवेचनालाई ४–१ गोलको फराकिलो अन्तरले पराजित ग¥यो । म्यान अफ दी म्याच घोषित ६ र ३३, किशोर कन्दङ्वाले ३ र श्रीप्रसाद सिवाकोटीले २९औँ मिनेटमा गोल गरे । विवेचनाका लागि रोशन कठायतले सान्त्वना गोल गरेका थिए ।
त्यस्तै, तेस्रो खेलमा सनराइज रेडियोले विपक्षी न्यू मेची टाइम्स दैनिकलाई १–० गोलले पराजित ग¥यो । उसका लागि उमेश शर्माले खेलको ११औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनी म्यान अफ दी म्याच घोषित भए ।
अन्तिम क्वार्टरफाइनल खेलमा गैरसञ्चारकर्मी खेलाडी समावेश भएको निवेदन परेपछि इजलास दैनिक खेलबाट बाहिरिएको छ । स्पर्धी आमसञ्चार अनलाइनले इजलासविरुद्ध निवेदन गरेको हो
मिडिया कपको उद्घाटन झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले निर्णायकलाई बल हस्तान्तरण गरी गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि थापालगायत अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना, खेल संयोजक रमेश समदर्शी राई र विवेचना प्रकाशन समूहका अध्यक्ष तेजमणि प्रसाईंले बोलेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर