Aamsanchar

पत्रकार उपचार कोषलाई साहित्य चौतारीको ५५,५५५

Author Image
आइतवार, भदौ ११, २०७४

बिर्तामोड।

साहित्य चौतारी बिर्तामोडले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको छ ।
संस्थाको १८औं बार्षिककोत्सवको अवसरमा शनिवार बिर्तामोडमा संस्थाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष टंक विकल्पले पत्रकार महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गरेका हुन् ।
मुलुकको आन्दोलन र संस्थाको प्रगतिमा सञ्चारकर्मीले पु¥याएको भूमिकाको मूल्यांकन गरी सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकारको हितका लागि उक्त रकम प्रदान गरिएको संरक्षक श्रेष्ठले बताए । महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले उपचार कोष अभियानबारे प्रष्ट पार्दै साहित्य चौतारीप्रति धन्यवाद ज्ञापन गरे ।
महासंघका सहसचिव एवम् कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी छ । पत्रकार महासंघले कोषको रकम एक करोड रुपैयाँ पु¥याई त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ ।
हालसम्म ३० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले बताए । पत्रकार महासंघले विभिन्न संघ–संस्था तथा विद्यालयहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एकपटकका लागि पत्रकार उपचारकोषमा सहयोग गरिदिन सबैमा आव्हान समेत गरेको छ ।
होटल हिकोला हेरिटेजका सञ्चालक समेत रहेका देवीभक्तले पत्रकार महासंघ झापाको बिर्तामोडस्थित भवन निर्माणका लागि १ लाख १ हजार १ सय १ रुपैयाँ प्रदान गरेका थिए । साहित्य चौतारीका अध्यक्ष विकल्प, उपाध्यक्ष कृष्ण योञ्जन, सचिव राजेन्द्र संग्रौला, कृष्ण सुवेदी निराकार, भवानीप्रसाद गौतमले पत्रकार महासंघले सञ्चालन गरेको अभियानको प्रशंसा गरे ।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर