Aamsanchar

चारपानेमा उदायो, उज्यालो नेपाल युवा क्लव

Author Image
आइतवार, भदौ ११, २०७४

सफाई पछि शुन्दर देखिएको चारपाने चोक                                                                                                     फोटो : विनोद पाण्डे (कमल)/आमसंचार

चारपाने । समाज परिवर्तन गर्न अग्रजहरुको मार्गनिर्देशन र युवाहरुमा जोस जागर हुनसके कुनै पनि सामाजिक काममा परिवर्तन र विकास गर्न असम्भव हुदैन भन्ने सकारात्मक सोच राख्ने  शिक्षित युवाहरु संगठित भई आफ्नो ठाउ विकासको लागी अन्य निकायको आशा गर्नु भन्दा पहिले आफैवाट समाज सुधारको कामलाई थालनी गर्ने उदेश्य राखेर झापा विर्तामोड नगरपालिका वडा नंं २, चारपानेका युवाहरु उज्यालो नेपाल युवा क्लव नामक संस्था स्थापनागरी चारपाने चोकलाई नमुना चोक बनाउने अभियानका साथ शनिवार  क्लवका पदाधिकारीहरुले  चारपाने चोक सरसफाई गरेका छन ।
प्रतिवद्धता, सक्रियता, निरन्तरता र समर्पण विकासकालगि भन्ने मुल अभियान नारा लिएर चारपानेका युवाहरु स्थानिय ठाउँलाई प्लास्टिक मुक्त, दुर्वसनिय रहित समाज बनाउन जुटेका छन ।
हरेक १५ दिनमा सफाई कार्य, आवसेक अनुसार रक्तदान र विभिन्न धार्मिक सास्कृतिक कार्यक्रम गरेर समाजलाई एकिकृत बनाई चारपानेका आम युवाहरुलाई समाज प्रति समर्पित गराउन उत्प्रेरणा जगाउने कार्यमा १७ जना युवाहरुको समिति बनेको छ ।
समितिमा अध्यक्ष भविन्द्र निरौला, उपाध्यक्ष तुलसा कार्की गिरी, सचिव रामकृष्ण दाहाल, सहसचिव प्रविण थपलिया, कोषाध्यक्ष समिर अधिकारी र सदस्यहरुमा राजिव कडरिया, विकास गिरी, सागर तिम्सिना, अविशेक लामिछाने, विनोद पौडेल, विनय गिरी, एन्जिल गिरी, नविन अधिकारी, अशोक पौडेल, हरिहर गुईदेल, आविस्कार पुरी, महेश खड्का रहेका छन । क्लवको संरक्षक पिताम्वर नेपाल लगायत रहेका छन । क्लवले आउदो दशैमा चारपाने चोकमा सामुहिक दुर्गा पुजा गर्ने अध्यक्ष निरौलाले बताएका छन ।
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर