Aamsanchar

तालिमबाट महिला अत्मनिर्भर बन्दै

Author Image
मङ्गलवार, भदौ १३, २०७४

अर्जुनधारा।

नगरस्तरीय महिला समन्वय उपभोक्ता समितिले गत आर्थिक वर्ष २०७३÷०७४मा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको समीक्षा गरिएको छ । समितिकी अध्यक्ष पुनम सुवेदीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यको विशेष आतिथ्यमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष देवकला प्रसाईंले गरेकी थिइन् ।
कार्यक्रममा समितिकी अध्यक्ष सुवेदीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । नगरपालिकाबाट लक्षित समुदाय अन्तर्गत महिलाको लागि विनियोजित बजेटमध्ये ३ लाख रुपैयाँ बराबरको ६ महिने आधारभूत सिलाईकटाई तालिम, १ लाख ५० हजार रुपैयाँ बराबरको नेतृत्व विकास तथा लेखा तालिम, ४६ हजार रुपैयाँ बराबरको कानूनी विकास तथा शिक्षा तालिम, १ लाख ५० हजार रुपैयाँ बराबरको विषादिरहीत तरकारी खेती, १ लाख ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य शिविर सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा सिलाइकटाई तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा तालिममा प्रथम, द्वितीय र तृतीय हुने केन्द्र ‘क’का क्रमश गंगा कुमाल, निलम अधिकारी र बिमला तामाङ तथा केन्द्र ‘ख’का क्रमश सीता पौड्याल, सृजना रिजाल र अञ्जना मिश्रलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रशिक्षकद्वय कमला पौड्याल र गीता तामाङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सहसचिव सन्तोषकुमार श्रेष्ठ, नेकपा एमालेका नगर अध्यक्ष प्रेमसागर सापकोटा, जनप्रतिनिधि सकुन्तला बराल, प्राथमिक स्वास्थ्यचौकीका इञ्चार्ज मुकुन्द बस्नेत, अधिवक्ता कोपिला बस्नेत, सञ्चार उद्यमी शंकर सुवेदी, समितिका सल्लाहकारद्वय मिश्राकुमारी राई र सरस्वती सिटौला गोलेले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव विन्दा लुइँटेलले गरेकी थिइन् ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर