Aamsanchar

चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

Author Image
बुधवार, भदौ १४, २०७४

मेलम्ची।

कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी टोेलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत चौताराबाट कीर्ते नागरिकता बनाउन सहयोग गरेको भन्दै २०७० मंसिर ११ गतेको फैसलाले दुई वर्ष ११ महिना आठ दिन कैद र रु ५० हजार जरिवाना सुनाएको थियो ।

लामाले कैद र जरिवाना भुक्तान नगरी चार वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले निजको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । पक्राउ परेका लामालाई आजै जिल्ला अदालत चौतारामा बुझाइने ढुंगानाले जानकारी दिनुभयोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर