Aamsanchar

लिम्बुवानका नेता समाजवादीमा

Author Image
बुधवार, भदौ १४, २०७४

बिर्तामोड।

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष अशोक राईले सरकारसँग अधिकार प्राप्तिको लडाई नसकिएको बताएका छन् ।
मंगलवार झापाको बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उपाबध्यक्ष राईले जनतालाई संगठित गरेर थप संघर्षका कार्यक्रम अघि बढाइने बताए । पहिचानसहितको संघीयता स्थापित नभएसम्म संघर्षको मैदानबाट पछि नहट्ने भन्दै उपाध्यक्ष राईले जनताका बीचमा समान अवसर र सहभागिता कायम गर्न अहिले पनि सरकार चुकेको आरोप लगाए ।
ठूला राजनीतिक दलका कारण मुलुकले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटो अँगाल्न नसकेको आरोप लगाउँदै नेता राईले राष्ट्रियताको नारा लगाउँदैमा कोही राष्ट्रबादी बन्न नसक्ने जिकिर गरे ।
यसैबीच सो पार्टीमा लिम्बुवान परित्याग गरी तीन सय नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका तीन केन्द्रीय सदस्यसहित जिल्ला प्रथम सचिव गौरीमान राई र अर्थसचिव उमेश उपरकोटीसहितका कार्यकर्ता सो पार्टीमा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर