Aamsanchar

लुटेराको निशानामा विरामीका आफन्त

Author Image
बुधवार, भदौ १४, २०७४

(नरेन्द्र ढकाल)
बिर्तामोड ।


झापाका विभिन्न शहरहरुमा लुटेराको समुह सक्रिय भएकाले सर्वसाधारण दिनदहाडै लुटिने क्रम बढ्दै गएको छ । मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा रहेको विर्तामोडमा सर्वसाधारणलाई लुटेराले निशाना बनाउने गरेको पाइएको छ । केही समय अघिसम्म विभिन्नै बैंक तथा मनी ट्रन्सर्फहरुमा रकम निकालेर निस्कने गरेका सर्वसाधारण लुटेराको निशानामा पर्ने गरेका थिए ।
लुटेराहरुको समुहरुले काउछो शरीरमा खन्याएर लुट्ने क्रमलाई तिब्र बनाएपछि प्रहरीले निगरानी बढाएसंगै केही ब्यक्ति पक्राउ समेत परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले शंकास्पद गतिविधि गर्नेलाई निगरानी बढाएसंगै लुटेराहरुले अस्पताललाई निशाना बनाउन थालेको पाइएको छ ।
इलामको देउमाई नगरपालिका–२ साविक (चमैता गाविस–८) का खड्गप्रसाद लावती नाटकीय शैलीमा लुटिएका छन् । गत साउन–१६ गते श्रीमती नयनकुमारीको मुटुको उपचार गर्न बिर्तामोड स्थित विर्ता सिटी हस्पिटल आएका थिए उनी । श्रीमतीलाई दुई वर्षदेखि सोही उपतालमा उपचार गराउदै आएका लावती उक्त दिनपनि मुटुको जाँच गराउन आएका हुन् ।
उनले त्यो दिनको घटना सम्झदै भने– सोमबारको दिन थियो । म श्रीमती लिएर हस्पिटल आँए र टिकट समेत काटेर डाक्टर अनिलको प्रतिक्षामा थियौं । डाक्टर ३ बजे मात्र आउने भनेपछि श्रीमतीलाई हस्पिटलको कोठा नम्बर–९ मा छाडेर बहिर घुम्न निस्कने सोच बनाएर निस्किए, अस्पताल परिसारमा नै एक अपरिचित ब्यक्तिले लिम्बु भाषामा नै बोलायो मलाई लिम्बु भाषा नआएपनि म बुझछु उसले पनि बिरामी लिएर आएको लिम्बुभाषामा नै भन्यो र आफु साँवा लिम्बु भएको बतायो ।

त्यस लगत्तै आफुसंग पैसा नभएको र सुन राख्न जानुपर्ने भएकाले उसले सहयोग माग्यो त्यसपछि बिर्तामोड तर्फ आउने क्रममा बाटोमा अर्को उसका साथी पनि थपिए बिर्तामोड स्थित मुक्ति चोक तर्फ सिटिमा चढेर हिडेका उनीहरुले बि एण्ड सी हस्पिटल पूर्व पु¥याएपछि सिटि रोक्न लगाएर आफुलाई उतारेको र हातमा लगाएइको एक तोला चार आनीको सुनको औंठी र साथमा भएको नगद ५ हजार समेत लगेर नक्कली सुन दिएको बताए ।
उक्त दिनको घटना बताउदै लावतीले भने त्यास पछि आफु हिडेर इलाका प्रहरी कार्यालय विर्तामोडमा पुगेर जानकारी गराउन साथ प्रहरीले खोजबिन गर्दा पनि कसैलाई पक्राउ गर्न नसकेको उल्लेख गरे । उनले लुटेरा समुहका लिम्बुलाई १० वर्षपछि पनि आफुले देखेका चिन्ने बताए । ७३ वर्षीय लावती आफु फिल्मी शैलीमा लुटिएको बताउर्दै भने लुटेराहरुले हस्पिटलमा सोझा साझा मानिसलाई निगरानी गरेका हुदाँ रहेछन् हामी जस्ता सर्वसाधारण दिनदहाडै लुटिनु पर्दो रहेछ ।
लावतीले श्रीमतीसंग भएको १४ सय रुपैंयाले गर्दा मात्र घर पुग्न सफल भएको जानकारी दिए । श्रीमतीको उपचारका लागी आएको तर लुटेराले पैसा मात्र नभए औंठी समेत लगेपछि श्रीमतीको औषधि समेत किन्न नपाएको बताए । मंगलबार वितामोड आएका लवतीले लुटेराहरुले अस्पतालहरुलाई निशाना बनाएकाले सबै सचेत बन्न सुझाव समेत दिए ।
चाडपर्व नजिकिएसंगै लुटेराको समुह सक्रिय हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विदेशमा रहेका नेपालीहरुले घरमा पैसा पठाउने समय भएकाले यो समयमा लुटपाटका घटनामा बृद्धि हुसक्ने भनदै प्रहरीले निगरानी बढाएको बताइएको छ ।
बिरामी भएको नाटक गर्दै लुटेराको समुह हस्पिटलमा प्रवेश गर्ने र पैसा धेरै बोकेको थाहा पाउन साथ अनेक बहाना बनाएर सर्वसाधारणलाई झुक्याउन उक्त गिरोह नै सक्रिय रहेको सर्वसाधारणको भनाई छ । प्रहरीले समेत अस्पतालमा निगरानी नगर्ने भएकाले लुटेराहरुलाई अस्पताल सुरक्षित गन्तब्य बन्ने गरेको पाइएको हो ।
लावतीले भने–कुन सुमुदायको मान्छे हो भन्ने पहिचान गरेर उनीहरुले त्यही भाषामा बोलेर साँच्चै समस्यामा परेको झैं गर्ने र सहयोग गर्न लाग्दा आफैं लुटिनुपर्दो रहेछ ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर