Aamsanchar

ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग

Author Image
बुधवार, भदौ १४, २०७४

तेह्रथुम ।

तेह्रथुमका ग्रामीण क्षेत्रका सर्वसाधारणले अझै पनि ढिके नुनको प्रयोग गर्दै आएका छन् ।

खुला रुपमा पाइने तथा बजारमा उपलब्ध हुने ढिके नुनले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने बताइए पनि विगत देखि नै यहाँका मानिसले सोही नुन प्रयोग गर्ने गरेका हुन् ।

आयोडिनयुक्त नुनको तुलनामा ढिके नुन सस्तो र सहज रुपमा पाइने भएकाले सर्वसाधारणले यसैको प्रयोग बढी गर्ने गरेका हुन् । गाउँमा ढिके नुन प्रतिकिलो १८ रुपैयाँमा पाइन्छ, तर आयोडिनयुक्त नुन प्रतिकेजी ३० रुपैयाँ पर्छ ।

ढिके नुनको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भए पनि जनचेतनाको अभावले सर्वसाधारणले अझै पनि यसकै प्रयोग गर्दै आएको सरोकारवालाहरु बताउँछन् ।-इमेजखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर