Aamsanchar

एनआरएनए आबुधाबिको अध्यक्ष्मा कार्की र पराजुलिको दाबेदारी

Author Image
बिहिवार, भदौ १५, २०७४
सुर्य खवास/युएई,
गैर आवासिय नेपाली संघ (एनआरएनए) युएई, आबुधाबी क्षेत्रीय समितिको ३१ अगष्टमा हुने अधिवेशनमा अध्यक्ष पदका लागि दुर्योधन कार्की र गोविन्द पराजुलिले उम्मेद्वारी घोषणा गरेका छन ।
सन २००३ देखि युएईमा कार्यरत कार्किले अध्यक्ष पदमा विजय भएमा नेपाली कामदारको पक्षमा  काम गर्ने बताए । झापाली समाज युएई, आबुधाबी क्षेत्रीय समितिको उपाध्यक्ष पदमा रहेर युएईमा संकटमा परेका नेपालिहरुलाई सहयोग जुटाउन महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनु भएको छ । कार्की झापाली समाज युएई, आबुधाबी क्षेत्रीय समाजको उपाध्यक्ष पदबाट राजिनामा दिई निर्वाचनमा होमिनु भएको छ ।
विगत ५ वर्ष देखि युएईमा कार्यरत पराजुली सन २०१५-२०१७ को कार्यकालमा एनआरएनए युएई, आबुधाबी क्षेत्रीय समितीमा सफलता पुर्वक सचिवको जिम्मेवारी पूरा गर्नु भएको छ । आफ्नो कार्यकालमा पराजुलिले अलएनमा ४ महिना देखि बन्दी बनाईएका सिन्धुपाल्चोककी कंचन श्रेष्ठ र धरानकी श्रीजा अधिकारिला उद्धार गरि नेपाल फर्काउनमा अग्रणी भुमिका निर्वाह गर्नु भएको थियो ।
नेपालको आयुस इन्टनेशनल र माईल स्टोन ईम्प्लोईमेण्ट बाट आई  अल हसन इन्जिनियरिङ्गमा कार्यरत ६० जना नेपालिको उद्धारमा सकृय सहभागिता रहेको थियो । त्यस कम्पनिमा कार्यरत नेपाली मध्य केही नेपाल फर्काइ सकिएको, केहिलाई अर्को ठाउँमा काम लगाईएको भने केहिको प्रकृया रहेको छ । आगामी सन २०१५-२०१७ को लागि अध्यक्षको जिम्मेवारी पाएमा एनआरएनए युएईलाई श्रम मैत्री बनाउन आफ्नो पहल रहने बताउनु भयो ।
 एनआरएनए युएईको अधिवेशन १५ सेप्टेम्बरमा हुने निश्चित भए सँगै युएईका सातै वटा क्षेत्रीय समितिहरुको अधिवेशनको मिति तय भएको छ । जस अनुसार अबुधाबी र अलएनको ३१ अगष्ट, शारजाह र दुबईको १ सेप्टेम्बर तथा फुजेराह, रसअलखेमा र अजमानको २ सेप्टेम्बरमा क्षेत्रीय समितिहरुको अधिवेशन सम्पन्न हुदैछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर