Aamsanchar

२०२२ सम्म घरभित्रको धुवाँमुक्त नेपाल

Author Image
बिहिवार, भदौ १५, २०७४

काठमाडौँ।

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले सन् २०२२ सम्म सम्पूर्ण घरधुरीमा कम्तीमा जैविक ऊर्जाको स्वच्छ खाना पकाउने प्रवद्र्धन गरी घरभित्रको धुवाँमुक्त नेपाल बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

नेपाल स्वच्छ ऊर्जा चुलो सञ्जालको दोस्रो साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सन् २०३० सम्ममा ठोस जैविक इन्धन प्रयोग गर्ने सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको सुनिश्चितता गर्ने गरी सरकारले जैविक ऊर्जा नीति ल्याएको जानकारी पनि दिनुभयो ।

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले ऊर्जाको बढ्दो मागलाई सम्बोधन गर्न जैविक ऊर्जालाई नेपालको भरपर्दो, सुलभ तथा दिगो ऊर्जाका रुपमा विकास गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । वरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डेले घरभित्रको धुवाँको प्रदूषणबाट वर्षेनी हजाराँैको अकालमा ज्यान जाने गरेकाले सबै घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकाल र सहायक निर्देशक डा नारायणप्रसाद अधिकारीले ऊर्जाको बढ्दो मागलाई सम्बोधन गर्न केन्द्रले जैविक ऊर्जासम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो । साधारणसभाले नौ सदस्यीय नेतृत्व परिषद् गठन गर्नाका साथै जनवरी २० लाई स्वच्छ ऊर्जा दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर