Aamsanchar

करेण्ट लागेर भारतीय नागरिकको मृत्यु

Author Image
बिहिवार, भदौ १५, २०७४

झापा।

झापाको मेचीनगर नगरपालिका १० स्थित ओम शिब सेलर राईस मिलमा करेण्ट लागेर आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

भारत किसनगंज भई हाल सोही मिलमा काम गर्दै आई रहेका ४० बर्षिय सोम हस्ताको मिलको मोटर बनाउने क्रममा अचानक करेण्ट लागेको थियो।

करेण्ट लागेर घाईते हस्तालाई उपचारकालागी बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ। घट्नास्थलमा धुलाबारीबाट प्रहरीको टोली खटिई गई आवश्यक अनुसन्धान भईरहेको छ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर