Aamsanchar

१ सय ८० लिटर घरेलु मदिरासहित मानिस पक्राउ

Author Image
बिहिवार, भदौ १५, २०७४

मोरङ।

इलाका प्रहरी कार्यालय रानीले “अबैध घरेलु मदिरा नियन्त्रण अभियान” अर्न्तगत बुधबार अबैध घरेलु मदिरासहित एक जनालाई पक्राउ गरेको छ।

 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका १६ दरैया बस्ती एरियामा रहेको होटल तथा पसलहरु चेकजाँच गर्ने क्रममा सोही ठाउँका २८ बर्षिय अजय कुमार साहको भट्टीबाट १ सय ८० लिटर घरेलु मदिरा फेला पारी बरामद गरेको हो।

 

मदिरा सहित पक्राउ परेका साहलाई आवश्यक कार्बाहीकालागी आज आन्तरिक राजश्व कार्यालय बिराटनगर बुझाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर