काठमाडौँ ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणसहितको सरकारलाई बुझाएको प्रतिवेदनप्रति संघीय समाजवादी फोरम नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सो पार्टीले संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको र मधेशमै मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास गरेको भन्दै प्रतिवेदन त्रुटिपूर्ण भएको ठहर गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गरी ५१ प्रतिशत जनसंख्या रहेको तराई–मधेशमा क्षेत्र निर्धारण गर्दा ४७ प्रतिशतमा सीमित गरेको आरोप लागाउनुभएको छ ।
“पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई समेत न्यून गर्ने षड्यन्त्र गरिएकामा हाम्रो गम्भीर आपत्ति छ” विज्ञप्तिमा उख्लेख छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 197