Aamsanchar

बयालीस वर्षपछि सडक स्तरोन्नति

Author Image
शुक्रवार, भदौ १६, २०७४

उदयपुर।

बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ । जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बँैकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो ।

गाईघाट–फत्तेपुर (सप्तरी) सडक खण्डको २०२४ सालमा उदयपुरगढीसम्म यातायात सञ्चालन गर्ने उद्देश्यले ट्र््याक खोलिएको थियो । करिब ३० किलोमिटर लामो सो सडक खण्डको १० किलोमिटरमा अहिले स्तरोन्नति गर्न थालिएको छ भने बाँकी २० किलोमिटरमा माटो काट्ने, पुर्ने, ग्राभेल गर्ने, पक्की नाली बनाउने, ह्युम पाइप राख्ने, स्ल्याब कल्भर्ट निर्माणलगायतको काम भइरहेको छ ।

बाहै्रमहिना सडक सञ्चालन सुचारु हुनेगरी स्तरोन्नति गर्न लागिएको स्थानीय विकास अधिकारी गणेश दाहालले बताउनुभयो । राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत करिब रु पाँच करोडको लागतमा १० किलोमिटर सडक कोलोपत्र तथा बाँकी भागमा ग्राभेल गरिने उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष ग्राभेल गरिएको त्रियुगा नगरपालिका–७ मोतिगढादेखि जोगिदहको हाटखोलासम्म सडक स्तरोन्नति गरिनेछ । बाँकी भागको स्तरोन्नतिका लागि रु पाँच करोड ९८ लाखमा ठेक्का दिने प्रकृया शुरु भएको छ ।

कालोपत्र गरिने खण्डमा दायाँबायाँ दुबैतर्फ १०÷१० मिटरको चौडाइमा कालोपत्र गरिने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । सडक स्तरोन्नति गरिएपछि जिल्लाको पूर्वी क्षेत्रका ग्रामिण भेगका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने हडियाका अर्जुन दाहालले बताउनुभयो । सदरमुकाम गाईघाट पूर्वका ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको कृिष उपजले बजार समेत पाउने छ ।

गाईघाट–फत्तेपुर सडक सञ्चालन भएपछि गाईघाटदेखि धरान, विराटनगरलगायतका पूर्वका विभिन्न शहरसम्म यातायात सेवा सहज हुनेछ । सडक सञ्चालन नहुँदा सदरमुकाम गाईघाटपूर्वका यात्रु सिरहा र सप्तरी भएर लामो बाटो प्रयोग गर्न बाध्य छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर