Aamsanchar

बीएण्डसीका र्दुगाद्धारा सम्झनाको उद्धार/९८ हजारको चेक हस्तान्तरण

Author Image
शुक्रवार, भदौ १६, २०७४

(नरेन्द्र ढकाल)

बिर्तामोड,

आफ्नो अस्पतालमा अप्ठ्यारोमा परेका ब्यक्तिाई सहयोग गर्न र उनीहरुलाई उचित उपचारको ब्यवस्था मिलाउन दिनरात तल्लिन हुने झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशनक दुर्गा प्रसाई शुक्रबार भने फरक ढङ्गमा देखिए ।

निकै उदार मनका प्रसाईले अर्कै अस्पतालमा पैसा तिर्न नसकेर घर र्फकन नपाएकी एक महिलाको सम्पूर्ण खर्च ब्यहोरी दिएका छन् । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ९ कालिस्थानकी सम्झना सुनुवारको पाठेघरको शल्यक्रियापछि चिकित्सकले घर लैजान भने पनि अस्पतालमा तिर्नुपर्ने रकम तिर्न नसक्दा २० दिनसम्म उनले अस्पतालकै बेडमा सुतिरहनु परेको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित तथा प्रशारित भएपछि प्रसाईले उक्त विषयमा चासो देखाउदै मानवीय सहयोग गरेका हुन् । उनले अस्पतालबाट एक चेलीको उद्धार गर्न पाउदा आफुलाई गौरव लागेको बताए ।

पाठेघरमा पलाएको चार केजीको ऐंजेरुको विर्तामोडमा रहेको मनमोहन सामुदायिक अस्पतालमा शल्यक्रियापछि रकम अभावका कारण उनलाई अस्पतालबाट घर लैजान नसकि रहेका बेला प्रसाईले अस्पतालमा लागेको ९८ हजार ५२७ रुपैंयाको चेक श्रीमान पोष्टबहादुर सुनुवारलाई हस्तान्तरण गर्दै आफ्नी श्रीमतीलाई घर लैजानेबाटो खोली दिएका हुन् । आफ्नो अस्पतालमा आएका बिरामीलाई सहयोग त दिनरात गर्ने नै गर्छु तर अरु अस्पतालमा भएका यस्ता घटनाले मन छुने गरेको छ । हामीले सानो सहयोग गरेका हौं–कार्यकारी निर्देशक प्रसाईले भने ।

बी एण्ड सी हस्पिटलले अन्य अस्पताल भन्दा मंहगो लिन्छ भन्ने भ्रम छ त्यो सत्य होइन हामी विरामीको अवस्था हेरेर विशेष छुटपनि गरिदिन्छौं उनले भने । प्रसाईले अब सबै रोगको उपचार बी एण्ड सी हस्पिटलमा नै हुने भएकाले मानिसले अन्यत्र भौतारिनु नपर्ने समेत बताए । बी एण्ड सी मा विभिन्न अवसरहरुमा विशेष छुटका साथै अत्याधुनिक सुविधासम्पन्न उपकरणका साथ विशेषज्ञ डाक्टरहरुले उपचार गर्ने जनसम्र्पक अधिकारी प्रमिश गिरीले बताए ।

आफ्नी श्रीमतीको उपचारको सम्पूर्ण खर्च प्रसाईले ब्यहोरी दिने भनदै प्रसाईले चेक हस्तान्तरण गरेपछि श्रीमान पोष्टबहादुरले दुर्गा प्रसाई मनको सबैभन्दा कोमल ब्यक्ति भएको भन्दै बी एण्ड सी हस्पिटलको प्रशंसा गरे । उनले अब देखि सबैलाई उपचारका लागी बी एण्ड सी नै जान सल्लाह दिने समेत उल्लेख गरे । उनले श्रीमतीलाई शुक्रबार नै घर समेत लैजाने जानकारी दिए । विभिन्न असाहय ब्यक्तिलाई बी एण्ड सी हस्पिटलले निःशुल्क रुपमा उपचार गर्दै आएको जनसम्र्पक अधिकारी गिरीले जानकारी दिए ।

मेची अञ्चलका २७ लाख नागरिकको मनमा बस्न सफल बीएण्डसी हस्पिटललाई राजनीतिक स्वार्थ राखेर मेडिकल कलेज सञ्चालनको अनुमति दिन आनाकानी भइरहेको छ । यो विषयमा अब जनताले आवाज उठाउनु पर्ने कार्यकारी निर्देशक प्रसाईको भनाई छ ।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर