झापा।

झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुल नजिकैबाट प्रहरीले शनिबार लागूऔषधसजहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दमक नगरपालिका-४ बस्ने ३० बर्षिय पदम भण्डारी रहेका छन्। पदमलाई विहान ८ बजेतिर लागूऔषध नियन्त्रण व्युरो काँकडभिटट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

प्रहरीले भण्डारीको साथबाट खुट्टामा बांधेर ल्याउदै गरेको अवस्थामा डाईजेपाम १४ एम्पुल ,फेनारगन १४ एम्पुल र लुपिजेसिक १४ गरी जम्मा ४२ एम्पुल बरामद गरेको छ। पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

Views: 113

