एजेन्सी ।
सेक्स भन्ने कुरा मानव जीवनको एउटा महत्वपूर्ण पाटो भएपनि यस सम्बन्धमा अहिलेसम्म धेरै यस्ता प्रश्न छन जसको उत्तर व्यक्ति वा अनुसन्धानपिच्छे फरक छन । यसले जिज्ञाशुलाई थप अन्योल थपिदिन्छन । धेरैको एउटै प्रश्न छ कति पटक गरीएको शारीरिक सम्बन्धलाई ठीक मान्ने ।
अनुसन्धानैपिच्छे फरक–फरक तथ्यांक आएपछि धेरै मानिस थप अन्यौलमा परेका छन । यस्तै जिज्ञासालाई मेटाउने उद्देश्यले किन्से इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले एक सर्वेक्षणमार्फत यो कुरालाई आधिकारिक बनाउने प्रयास गरेका छन् ।
सर्वेक्षणअनुसार १८ देखि २९ वर्ष उमेरका व्यक्तिले वार्षिक औसत रूपमा १ सय १२ पटक यौनसम्बन्ध राख्छन् । यसका आधारमा उनीहरूले सातामा दुईपटक यौन सम्बन्ध राख्ने गरेका छन् ।
यसैगरी ३० देखि ३९ वर्षकाले प्रतिवर्ष ८६ पटक अर्थात् सातामा १ दशमलव ६ तथा ४० देखि ४९ वर्षकाले ६९ पटक यौनसम्बन्ध राख्ने गरेका छन् । यो तथ्यांकको सारका रूपमा अनुसन्धानकर्ताहरूले मानिसको उमेर बढ्दै गएपछि यौन चाहना पनि घट्दै जाने हुनाले यसलाई शारीरिक समस्या मान्न भनेका छन् ।