बिर्तामोड।
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) महासंघ झापा शाखाको अध्यक्षमा लक्ष्मीकान्त खनाल निर्वाचित भएका छन् ।
क्यान महासंघको दास्रो अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा शुभ कुमाई पाठक, सचिवमा रोशन दाहाल, सहसचिवमा सुरज धिमाल र कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यमा कृष्णप्रसाद घिमिरे, टंकप्रसाद गौतम, लोकनाथ खनाल, चित्राङ्गत तिमिल्सिना, बिनोद प्रधान रहेका छन् ।
क्यानका केन्द्रीय सदस्य दीपेश पाठकको प्रमुख आतिथ्य र भूपेन्द्र मैनालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाई, बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कुमार भट्टराई लगायतले बोलेका थिए ।
नेतृत्व चयनका लागि कोपिता बस्नेतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिको सदस्यमा शिवकुमार अग्रवाल र राजेन्द्र चम्लागाँई रहेका थिए ।
सोही अवसरमा क्यान महासंघले विर्तामोड नगरपालिकाकी उपमेयर प्रसाई र उद्योग वाणिज्य संघ बिर्तामोडका नवनिर्वाचित अध्यक्ष भट्टराईलाई बधाई ज्ञापन गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।