फिदिम।
पाँचथरको फिदिम नगरपालिकाले स्थानीय बासिन्दालाई निःशुल्क हरियो जस्तापाता वितरण गर्ने भएको छ ।
फिदिमलाई हरित नगर बनाउन नगरबासीलाई निःशुल्क हरियो जस्तापाता वितरण गर्ने निर्णय गरेको हो । खरको छानो भएका घरमा आगलागीको सम्भावना बढी हुने र फिदिमलाई हरित नगरीको रुपमा विकास गर्न जस्तापाता वितरण गर्ने निर्णय गरिएको मेयर ओनाहाङ नेम्वाङले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले प्रत्येक घरमा कम्तिमा २ वटा रुख रोप्नुपर्ने निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत गुरुदत्त सुवेदीले बताए ।

चालू आर्थिक वर्ष २०७४/०७५ मा जस्तापाता वितरणका लागि १० लाख रुपैयाँ बिनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
Views: 197

