मोरङ।

मोरङको विराटनगर-२ र ९ बाट आइतबार प्रहरीले आइतबार लागूऔषधसहित ५ युवकलाई पक्राउ गरेको छ।

सुनसरी धरान-१५ बस्ने २२ बर्षिय भरत बहादुर बराईलीको साथबाट लुपिजेसिक, डाईजेल्याब र एभिलको ६\६ सेट गरेर १८ एम्पुल, धरान-११ बस्ने १४ बर्षिय दिपु साहको साथबाट लुपिजेसिक, डाईजेल्याब, एभिल १९ सेट गरी जम्मा ५७ एम्पुल र स्पास्मो प्रोक्सिभन ३२ ट्याब्लेट र उनीसंगै रहेका १८ बर्षिय सन्देश तामाङ, १७ बर्षिय सुजन बिश्वकर्मा र १८ बर्षिय मन्दिप राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरेहको छ।

Views: 147

