काठमाडौँ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट न्याय, कानून तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन, २०७४ सदनसमक्ष प्रस्तुत गर्नुभयो ।

यसैगरी, राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी समितिको प्रतिवेदन, २०७४ सदनसमक्ष प्रस्तुत गर्नुभयो ।

अहिले व्यवस्थापिका–संसद्को बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ ।


Views: 118

