सुरुङ्गा।

लियो क्लब अफ कनकाई सुरुङ्गा (लियो ओमेगा) को आयोजनामा सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हालै आएको बाढीका कारण बिरामीहरु बढेको र रगतको अभाव भएको कारण रगतको अभाव टार्न सकियोस् भन्ने उद्देश्यले ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
रक्तसञ्चार सेवा बिर्तामोडको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नौ महिलासहित ७० जनाले रक्तदान गरेका थिए । लियो क्लबका चाटर्ड प्रेसिडेन्ट लोकेन्द्र खड्काको अध्यक्षता र कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईको प्रमुुुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक निशान पौडेलले स्वागतसहित औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका सभापति लोकराज ढकाल, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रूद्रप्रसाद चिमरिया, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चाटर्ड प्रेसिडेन्ट एवम् जोन चेयर पर्सन लीलाप्रसाद चिमरिया लगायतले लियो क्लब अफ कनकाई सुरुङ्गाले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
क्लबका जोयन्ट सेक्रेटरी गिभ्सन ढकालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन क्लबका सेक्रेटरी रविन्द्र गुप्ताले गरेका थिए ।

