Aamsanchar

खानेपानीमा अधिकारी

Author Image
सोमवार, भदौ १९, २०७४

भद्रपुर।

झापाको भद्रपुरस्थित खानेपानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीको नेतृत्वमा प्रगतिशील राष्ट्रवादी प्यानल बहुमत ल्याई विजयी भएको छ ।
नेकपा एमाले र राप्रपाबीच गठनबन्धन भएको प्रगतिशील राष्ट्रवादी प्यानलबाट उपाध्यक्ष र दुई सदस्य बाहेक अन्य सबै पदाधिकारी बहुमतले विजयी भएका छन् । एमालेका तर्फबाट अध्यक्षको उम्मेदवार पुरुषोत्तम अधिकारी १ हजार ३८ मत ल्याई विजयी भएका छन् । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका ऋषि चापागाईले ७ सय ७३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी रेखा अधिकारी ८ सय ९३ मत ल्याई विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी राप्रपाका निरोज पोखरेलले ८ सय ८२ मत प्राप्त गरेका छन् ।एमाले र राप्रपा गठनबन्धनको तर्फबाट सचिवमा बाबुराम कार्की १ हजार १ सय ५९ मत, सहसचिवमा टंककुमारी पोखरेल (सरिता) १ हजार १ सय १५, कोषाध्यक्षमा राजन आचार्य ९ सय ७० मत ल्याई विजयी भएका छन् ।
त्यसैगरी खुल्ला सदस्यतर्फ तेजप्रसाद चापागाई ८ सय ३८, महिला सदस्यतर्फ अम्बिका मैनाली १ हजार ५६, गंगा घिमिरे (नेपाल) ९ सय ४१ र झुमा दाहाल (शिवाकोटी) ९ सय ३१ मत ल्याई विजयी भएका छन् ।
त्यस्तै नेपाली कांग्रेस र माओवादी गठनबन्धनको तर्फबाट उपाध्यक्षमा अधिकारीसहित सदस्यतर्फ राजेश निरौला ९ सय ५४ र सन्तोष घिमिरे ८ सय ३१ मत ल्याई विजयी भएका छन् । निर्वाचनमा १ हजार ८ सय ६८ जनाले मतदान गरेका थिए । समितिमा २ हजार ८ सय ४ मतदाता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर