बिर्तामोड।

गत साउन २७ गते आएको बाढीका कारण विस्थापित भएका झापा गाउँपालिकाका सडकबारीका बाढीपीडितलाई लक्षित गरेर कोचिला ग्राभुर फ्रण्टको सामाजिक उपसमिति कोचिला स्वास्थ्यकर्मी फ्रण्टको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बाढीग्रस्त क्षेत्रमा विभिन्न किसिमका रोगहरुको प्रकोप देखिएको भन्दै त्यसलाई न्यूनिकरण गर्न स्वास्थ्य शिविरको आयोजना गरिएको कोचिला ग्राभुर फ्रण्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए । झापा गाउँपालिका–२ सडकबारीस्थित लक्ष्मी प्राविमा भएको उक्त शिविरमा विभिन्न रोगका पाँच सयभन्दा बढी बिरामीहरुले सेवा लिएको बताइएको छ ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा. ममता घिरैया राजवंशी, नाक, कान, घाटी रोग विशेषज्ञ डा. रन्धिर राजवंशी, दन्त रोग विशेषज्ञ डा. महेश राजवंशी र डा. देव गिरी (हिमालय मेडिसिन), नेत्र रोगका डा. कविन्द्र राजवंशी (दृष्टि आँखा अस्पताल), डा. हेम राजवंशी (बिर्तामोड आँखा अस्पताल), आयुर्वेद कविराज अनिल ठाकुर, फिजिसियन डा. रविस पाण्डे, जनस्वास्थ्यचौकी पथरीया इञ्चार्ज युवराज राजवंशी, लगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।
त्यस्तै उपमा राजवंशी, निर्मला राजवंशी, लक्ष्मी राजवंशी, संगीता राजवंशी, पर्मिला राजवंशी, सविना राजवंशी, बीएण्डसी हस्पिटलकी उपमा राजवंशी, संगीता राजवंशी, सुशिलकुमार राजवंशी, विवेक राजवंशी, कञ्चनजंघा हस्पिटलका निर्मला राजवंशी, सविना राजवंशी, गायत्री राजवंशी, ल्याव टेक्निसीयन लक्ष्मी राजवंशी, एमआर गंगा राजवंशी, विनोद राजवंशी, मेची आँखा अस्पतालकी प्रमिला राजवंशी, कल्पना राजवंशी, ममता राजवंशी, अगन आयुर्वेदका अगललाल राजवंशी, हिमालयन मेडिसीनका राजीव राजवंशी लगायतले सेवा पुर्याएका थिए ।
त्यस्तै कोचिला स्वास्थ्यकर्मी फ्रण्ट गठन समिति संयोजक हंस राजवंशी, कोचिला स्वास्थ्यर्मी फ्रण्टका अध्यक्ष रणदेव हजाम, कोचिला सांस्कृतिक कार्यक्रमका अध्यक्ष मनोरथ राजवंशी, कोचिला ग्राभुर फ्रण्टका उपाध्यक्ष मोहन राजवंशी, सदस्य नगेन राजवंशी, कोचिला कृषक फ्रण्ट (प्रस्तावित)का अध्यक्ष टेनुलाल राजवंशी, फ्रण्टका सदस्य चुडामणि राजवंशी, कोषाध्यक्ष सविना राजवंशी, मोनिका राजवंशी, धनबहादुर राजवंशी, धुना राजवंशी लगायतले स्वयम्सेवकको भूमिका निर्वाह गरेका थिए ।
शिविरमा इलाका प्रहरी कार्यालय सशस्त्र प्रहरी सीमा सुरक्षा बल लगायतले सुरक्षा प्रदान गरेका थिए भने शिविरका लागि २५ वटाभन्दा बढी औषधि कम्पनी, स्थानीय संघ–संस्था, कोच प्रवासी समाज दोहा कतार र विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेको बताइएको छ । शिविरमा सहभागी बिरामीलाई ३ लाख ५० हजार मूल्य बराबरको एलोपेथिक र ८० हजार मूल्य बराबरको आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिएको थियो ।
कोचिला स्वास्थ्यकर्मी फ्रण्टका अध्यक्ष रणदेव हजामको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लक्ष्मी प्राविका जग्गादाता तथा संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद राजवंशी, प्रधानाध्यापक प्रताप राजवंशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार चम्लागाई, समाजसेवी हरिकुमार राजवंशी लगायतको आतिथ्य रहेको थियो ।

