Aamsanchar

दुई मेयर आफ्नै ताल ,बसपार्कको बेहाल /ठेक्केदारको मनपरी

Author Image
सोमवार, भदौ १९, २०७४

(नरेन्द्र ढकाल)

झापा,


झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र भित्रपर्ने बस पार्क पछिल्लो समय खडहरमा परिणत हुदै गएको छ । करोडौं रुपैंया खर्च गरिएका संरचनाहरु कुरुप बन्दै गएका छन् भने सबै अस्तब्यत रहेको पाइएको छ ।
स्थानीय सुदर्शन गिरीले आफ्ना स्वर्गीय पिता टेकबहादुर गिरीको स्मृतिमा उपलब्ध गराएको बस पार्क क्षेत्रको २ विगाहा ८ कठ्ठा जग्गामा संचालित बसपार्क २०६७ साल मंसिरमा एक कार्यक्रमका बीच भब्य रुपमा उद्घाटन गरिएको थियो । भारतसरकारको सहयोगमा बनेको बसपार्क क्षेत्रमा हाल खानेपानीको अभाव रहेको छ भने यात्रु प्रतिक्षालयमा बस काउन्टरहरु सञ्चालन भइरहेको पाइएको छ ।
सामेबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गरी सहित सञ्चारकर्मीको टोली नयाँ बसपार्क पुग्दा बस तथा ट्याक्सी चालकहरुले बस पार्क क्षेत्रका मनोमानीका विषयमा मुख खोलेका हुन् । उनीहरुले नगरपालिका र ठेक्केदारको मिलेमहतोमा यातायात ब्यवसायीसंग दुई स्थानमा शुल्क लिने गरेको गुनासो गरेका छन् । ४०–४० रुपैंया दुई ठाँउमा बुझाउनुपर्छ यात्रु ओराल्न ल्याउदाँ पनि पार्किङ शुल्क भन्दै अबैधरुपमा कर असुली भइरहेको भन्दै यातायात ब्यवसायी तथा चालकहरुले बसपार्कमा दादागिरी चलाएकाले आफुहरुले केही गर्न नसकेको बताए ।

अर्जुनधारा नगरपालिकामा परेको बसपार्क नगरपालिकाको मुख्य आर्कषण स्थल समेत मानिएको छ । हाल बसपार्क क्षेत्र र सो स्थानमा निर्मित भवनको रंगरोकन र उचित संरक्षणको अभावमा बसपार्क उजाड र कुरुप बनेको देखदा आम सबै झापाली हरुमा निरासा छाएको छ । दाताले दिएको ठाउँमा दाताको ईच्छा अनुरुप दिर्घकालिन रुपमा उच्च व्यस्थापनमा बसपार्क संचालन नहुदा दाता परिवारको सम्मान समेत हुन सकेको छैन ।

ट्राफिक एक्लैले यसको उचित समाधान निकाल्न नसक्ने बताउदै प्रमुख गिरीले राजनीतिक दल, नगरपालिका, प्रशासन सबैले पहल गरेमा पूर्वको नमूना बसपार्क बनाउन सकिने विचार बयक्त गरे । बिर्तामोड नगरपालिका घोषणा भएको ३ बर्ष बिति सक्दा समेत यस क्षेत्रको खासै परिवर्तन आउन सकेको अवस्था छैन । बिर्तामोड नगरपालिकाको नामले परिचित भईरहदा दैनिक हजारौ यात्रु, पर्यटक बसपार्क आईपुग्दा नाकखुम्चाउनु पर्ने अवस्था सजृना भई रहेको यातायात ब्यवसायी अम्बर राईले बताए ।
बषपार्क क्षेत्रमा सवारी घुमाउनु पर्ने प्रावधन भएतापनि प्राय सवारीहरु ट्रर्फिक बिट सगै खटिएका कर्मचारीहरुलाई पैशा खुवाउदै सोझै लाने गरेका छन । यसका कारण पनि बषपार्कको खासै महत्व खटेको ब्यवसायीहरुले बताएका छन् । सबै बस तथा ट्याक्सीहरुलाई बसपार्कको अधिकतम प्रयोग गराउनका लागी खटिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीले बताए । उनले अब सडक छेउमा बसेर शुल्क उठाउन नदिने घोषणा समेत गरेका छन् । प्रमुख गिरीले ट्याक्सीहरुलाई बसपार्कमा नै यात्रु ओर्राल्न तथा यात्रु चढाउन आग्रह गर्दै अनावश्यक रुपमा बजार प्रवेश गरेमा कारबार्ही गर्ने चेतावनी दिए ।

बसहरु सबै बसपार्क छिर्नुपर्ने भन्दै यातायात ब्यवसायीले यदि त्यसो भएमा आफुहरु बसपार्क बाहिर नजाने प्रतिक्रिया दिएका छन् । ट्याक्सी चालक तथा ब्यवसायी गुरुप्रसाद न्यौपानेले आफुहरु कानुनको पालना गर्न तयार रहेको बताए । त्यस्तै विर्तामोड नगरपालिका–६ का वडा सदस्य एनविन्द्र खत्रीले समस्यैसमस्याले बसपार्कले घेरोको बताए । उनले बसपार्कमा मनपरीतन्त्र चलेको भन्दै यसको ब्यवस्थापनको विषयमा सबै पक्षले पहल गर्नुपर्ने बताए ।


बसपार्क भनीए पनि अधिकांश बसहरु प्रवेश नगरेको भन्दै ब्यसायीहरुले आपत्ति जनाएका छन् । यात्रुप्रतिक्षालयमा काउन्टर खोल्ने तथा खानेपानी भएको स्थानलाई भत्काएर ब्यवसाय सञ्चालन गर्ने, जथाभावि रुपमा खोलीका घुम्ती काउन्टर तथा सिटी चालकले कमिशनमा यात्रु ओसार्ने लगायतका कारण बसर्पाकमा सबै क्षेत्रमा विकृति फैलिएको ब्यवसायी एवम् काउन्टर कर्मचारी दिपक रम्तेलले बताए ।
मेची अञ्चलका पहाडी जिल्लामा दैनिक चार सयको हाराहारीमा ट्याक्सी सञ्चालनमा रहेका छन् । सवारी चालकलाई चाडपर्व नजिकिएसंगै दुर्घटना कमी गर्ने उद्धेश्यले ट्राफिक प्रहरीले उनीहरुको समस्या र समाधानको विषयमा पहल थालेको छ । यसैबीच बसर्पाकको आँदानी लिन तछाडमछाड गर्ने अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले भने विकासमा खासै चासो नदिएको पाइएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बसर्पाकको आन्दानी ६०÷४० बाड्ने विषयमा कुरा भएको बताए ।

उनले बसर्पाकको अवस्थाको विषयमा आफु जानकार रहेको भन्दै विर्तामोड नगरपालिकासंग सहकार्य गरेर अघि बड्ने बताए । उनले नगरपालिकाले ठेक्केदारसंग मिलेर बढी शुल्क नउठाएको र यो विषयमा तत्काल बुझेर अवैधरुपमा भएका काम रोक्ने बताए । उनले दशैं अघि नै बसपार्कको सुधारको प्रयास थालिने प्रतिबद्धता जनाएका छन् ।
यता विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले कुनै पनि हिसाबहरु आफुलाई थाहा नभएको भन्दै छुट्टै आयोग नै बताएर यो विषयको यर्थाथ सार्वजानिक गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विर्तामोड र अर्जुनधार दुवैले यो विषयमा चासो दिएर खानेपानी, बिजुली लगायत विभिन्न पूर्वाधारको विकासका लागी पहल गर्ने उल्लेख गरे ।

उनले नगरपालिकाले कसैसंग मिलेर कमिशन नखाएको भन्दै यदि त्यस्तो कसैले गरेको पाइएमा कानुन अनुसार कारबार्ही गर्न पहल गर्ने सहयोग गर्ने बताए । उनले कसैले पनि यात्रुप्रतिक्षालयमा काउन्टर खोल्न तथा ब्यवसायीहरु माथी अवैध रुपमा कर उठाउन नआउने भन्दै यो विषयको वास्तविकता बुझेर छिट्टै सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै नागरपालिकाका प्रमुखले ठेक्केदारलाई कतिमा बसर्पाक सञ्चालनको ठेक्कादिएको हो भन्ने विषय बताउन सकेन्न् । पहिले नै ठेक्कामा लागेकाले आफुहरुले बुझने काम गरिरहेको बताए ।
यता ठेक्केदार राजु रायमाझीलाई बसपार्कको विषयमा बुझन् सम्पर्क गर्दा उनीहरुसंग सम्र्पक हुन सकेन् । यातायात ब्यवसायीका अनुसार उनले नै बसपार्कको ठेक्का लिएका हुन् ।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर