Aamsanchar

‘’नेपाली दुतावासयुएईद्वारा मानव तस्करहरुको नाम सार्वजनिकविज्ञप्ती सहित’’

Author Image
मङ्गलवार, भदौ २०, २०७४

भरत शिवाकोटी/

युएई,

पछिल्ला दिनहरुमा युएईमा रहेको नेपाली दुतावासले नेपालीहरुका निमित्त आवश्यक कामहरु गर्न नसकेको भनि गुनासो बढिरहेका बेला यहाँ स्थित दुतावासले युएईमा नेपाली कामदारहरुलाई गैरकानुनी ढंगबाट ओसार पसार गर्ने दलाल तथा ठगी व्याक्तिहरुको नाम सार्वजनिक गरेको छ ।यसरी जारि गरिएका नामहरुमा टंक सुवेदी क्यापिटल रिकुटमेन्ट सर्भिसेस लिमिटेड, प्रविण नरसिंह राना पानडोरा इन्कर्पोरेसन प्राइभेट लिमिटेड, विवेक श्रेष्ठ/सुवास श्रेष्ठ अन्नपूर्ण ट्राभल नेपाल, हरिशरण दास भिक्टोरी मेनपावर, भक्तिराम कोइराला स्विट टेक्निकल सर्भिसेस, श्याम लामा काठमाडौं, रेणु शिवाकोटी शाह तेली, सोनाम लामा सिन्धुपाल्चोक, कृष्ण बहादुर गुरुङ झापा लगायत एकाउन्न जनाको नाम विज्ञप्तीमा उल्लेख

४ सेप्टेम्बर २०१७ मा दुतावासद्वाराजारि विज्ञप्तीमा युएईमा रहेका पिडित नेपालीहरुले दिएको उजुरीका आधारमा ती व्याक्तिहरु तथा ट्राभल एजेन्सी को नाम सार्वजनिक गरेको उल्लेख गर्दै उनीहरुलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम कारवाहीका लागि सहयोग गर्न सबै सँग अनुरोध गरेको छ साथै यस्ता क्रियाकलाप गर्ने व्याक्तिहरु सँग सचेत रहन समेत भनिएको छ ।

भिजिट भिषामा युएई आउन चाहने व्याक्तिले आफुलाई लाग्ने सम्पूर्ण खर्च आँफैले व्योहोर्नुपर्ने हुन्छ र नेपाल अध्यागमन कार्यविधीमा उल्लेखित प्रक्रिया पुर्याएर युएई आउन सकिन्छ विज्ञप्तीमा भनिएको छ । साथै दुतावासले भिजिट भिषामा सिफारिस गरेका व्याक्तिहरु बाहेकका व्याक्तिहरुलाई भिजिट भिषा जारि गरि कुनै समस्या पर्न गएमा भिषा जारी गर्ने ट्राभल एजेन्सी तथा एजेन्टहरुलाई कानुनी दायरामा ल्याई कारवाहीका लागि सिफारिस गरिने विज्ञप्तीमा उल्लेख छ ।

भिजिट भिषा वा कामदार भिषामा युएई आएर समस्यामा परि दुतावासको महिला आश्रय गृहमा आउने तथा दुतावासले उद्दार गरी नेपाल पठाउने काम निरन्तर रहेको र २०७४ श्रावण देखि हालसम्म दुतावासमा आश्रय लिएका ३३ जना महिलाहरु र पर्यटक भिषामा आई समयमा नेपाल फर्कन नसकेका ३८ जना पुरुषहरु गरि जम्मा ७१ जना व्याक्तिको उद्दार गरि नेपाल पठाइसकेकोदुतावास द्वारा जारि विज्ञप्तीमाजनाइएको छ ।

मानव तस्करी तथा ठगी गर्नेहरुको नाम सार्वजनिक सँगै कानुनी कारवाही गर्न अग्रसर दुतावासको कार्यको प्रशंसा गर्दै युएईका विभिन्न संघ, संस्था, संगठन तथा आम नेपालीहरुले ठगी गर्ने जोसुकैलाई कडा कारवाही गरिनुपर्ने प्रतिक्रिया दिएका छन ।

मानव तस्करहरु द्वारा युएईमा खासगरी महिलाहरुलाई ल्याउने,गैरकानुनी तवरले राख्ने तथा चर्को रकम असुलेर काममा लगाउने र यहाँबाट नै तेस्रो मुलुक समेत गैरकानुनी ढंगले पठाउने धन्दा पछिल्लो समयमा निक्कै बढेको थियो ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर