मोरङ,

मोरङको मिक्लाजुङ गाउँपालिका-६ बस्ने ४३ बर्षिय तुलसी दर्जी इलामको चुलाचुली गाउँपालिका-६ स्थित नुनसरी खोलामा मृत अवस्थामा भेटिएका छन्।

सोमबार घरबाट हिडेका दर्जी घर नफर्किएपछी खोजी गर्ने क्रममा मंगलबार विहान उक्त खोलाले बगाएको अवस्थामा मृत भेटिएका हुन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

Views: 120

