बुधबारे ।
झापाको बुद्धशान्तिको बुधबारेमा जारी वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर ३ लाई पराजित गर्दै वार्ड नम्बर २ फाइनलमा प्रवेश
गरेको छ ।
वार्ड नम्बर २ लाई फाइनल प्रवेशका लागी जर्सी नम्बर ९ का सोवित राई र जर्सी नम्बर ३ का रविन खड्काले गोल गर्नुभएको थियो । त्यसैगरि आजको खेलको
म्यान अफ द म्याच भने उपविजेता टिमका जर्सी नम्बर १० का विजय राई घोषित हुनभयो ।
यसअघि हिजो भएको खेलमा वार्ड नम्बर ५ विजयी हुदै वार्ड नम्बर १ सँग फाइनल प्रवेशका लागी भेट पक्का गरेको थियो । अन्तिम सेमीफाइनल बुधबारेको बुद्ध
आदर्श उच्च माविको खेल मैदानमा भोली दिउँसो ४ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैयाँ र उपविजेताले नगद १५ हजार रुपैयाँ, शिल्डकप, ट्रफी र प्रमाण पत्र पाउने आयोजक पिपुल ह्याल्पिङ्
पिपुलका अध्यक्ष विवेश कुमालले जानकारी दिनुभयो ।