Aamsanchar

इलाममा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामी मारमा

Author Image
बुधवार, भदौ २१, २०७४

इलाम,

इलाम अस्पतालमा दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर नहुँदा वर्षांैदेखि इलामका बासिन्दा समस्या झेल्दै आइरहेका छन् ।

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीलाई जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । ५० शैयाको अस्पताल स्वीकृत भएपछि अस्पतालमा ६४ जनाको दरबन्दी थपिएको हो । तर अस्पतालमा अहिले ३२ जना कार्यरत रहेका अस्पतालका सूचना अधिकारी रीता अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा स्थायी दरबन्दीका हाडजोर्नी, मुटुरोग, बालरोग, जनरल सर्जन, रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट र मानसिक रोग सम्बन्धिका एक/एक जना बिशेषज्ञ चिकित्सकको अभाव रहेकोे छ ।

यस्तै अस्पतालमा पाँच जना मेडिकल अधिकृतको दरबन्दीमा एकजना मात्र कार्यरत रहेको अस्पतालले जनाएको छ  ।
करोडौं रुपैंयाँ खर्चेर अस्पतालको भवन ५० शैयाको बनाएको भए पनि बिशेषज्ञ डाक्टरका अभावले समस्या यथावत रहेको छ । अस्पताल विकास समितिले पनि दरबन्दीका डाक्टरहरु ल्याउनका लागि धेरै पहल गरे पनि सफल नभएको समितिको भनाई छ ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर