Aamsanchar

बिर्तामोडका होटलमा यौन गतिबिधि बढ्यो

Author Image
बिहिवार, भदौ २२, २०७४

बिर्तामोड।

फोटो इन्टरनेटबाट

बिर्तामोडका होटलहरुमा यौनजन्य गतिविधि बढेको समय डीएसपी राजु सिलवाल झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय आएपछि उनले होटलमा छापा मार्ने क्रमलाई तीब्र बनाएका छन् ।
जिम्मेवारी सम्हालेको भोलिपल्ट नै कपडा बोकेर गइरहेको सवारीसाधनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा अवैधानिक सामान फेला नपरेपछि चर्चामा आउन उनले होटलहरुमा दैनिकजसो छापा मार्न थालेका छन् ।
यसअघिका डीएसपीहरुले पनि आफ्नो प्रभाव देखाउन होटलहरुलाई नै निशाना बनाएर चर्चामा आउने गरेका थिए । नाम नबताउने सर्तमा एक होटल व्यवसायी भन्छन्– नयाँ डीएसपीले लाइन मिलाउन दैनिक छापा मारेर हैरान लगाइरहेका छन् । प्रहरीले मासिक रुपमा पैसा उठाउने र यौनकर्मी महिला होटलमा राख्न दिने गरेको उनको भनाइ छ ।
गत शनिबार र आइतबार मात्रै २२ जना महिला तथा पुरुषलाई बिर्तामोडका बसपार्क लगायत विभिन्न होटलहरुबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

‘कलगर्ल’ को विगबिगी
झापाको बिर्तामोड, दमक, काँकरभिट्टा लगायतका विभिन्न शहरहरुमा यौनधन्दा फस्टाइरहेको विभिन्न स्रोतले जनाएको छ । च्याउसरी खुलेका अधिकांश होटलहरुले यौनकर्मी महिला राख्ने गरेको जनाइएको छ । चोक–चोक र गल्ली–गल्लीमा खुलेका होटलहरुले यौनकर्मी महिलालाई फोन गरेर बोलाउने गरेको पाइएको छ । ग्राहक पुगेपछि व्यवसायीहरुले यौनकर्मी महिलालाई फोन गरेर बोलाउने गरेको स्रोतले जानकारी दियो ।
कोठा भाडामा लिएर यौनकर्मी महिला बस्ने र ग्राहक आएपछि होटल व्यवसायीहरुले फोन गरेर बोलाउने गरेको यौन व्यवसायमा संलग्न एक यौनकर्मी महिलाले नाम नबताउने शर्तमा बताइन् ।
प्रहरी र व्यवसायीको दोहोरी
‘तँ कुटे जस्तो गर म रोएँ जस्तो गर्छु’ भने झैं होटल व्यवसायी र प्रहरीबीच यौनकर्मी महिला तथा पुरुष पक्राउ गर्ने तथा छाड्ने दोहोरी नै चल्ने गरेको छ । नयाँ प्रहरी प्रमुख आए लगत्तै लाइन मिलाउन होटलहरुमा छापा मार्ने गरेको, पक्राउ परेका महिला तथा पुरुषलाई पक्रदै छाड्ने गरेको पाइएको छ ।
पक्राउ परेका यौनकर्मी महिला तथा पुरुषहरुलाई सार्वजनिक मुद्दा नलाउने गरेको प्रहरीले पटक–पटक तिनै यौनकर्मी महिला तथा पुरुषलाई पक्राउ गर्ने गरेको छ । प्रहरीसँग पैसामा कुरा मिलाएर व्यवसायीले यौनकर्मी महिलालाई छुटाउने गरेको बताइएको छ ।
एक हजार देखि ७ हजारसम्म असुली
बिर्तामोडका विभिन्न होटलहरुमा रहेका यौनकर्मी महिलालाई एकपटक यौनसम्बन्ध गाँसेको एक हजार रुपैयाँ तिर्नुपरेको बताइएको छ । त्यस्तै होल नाइट अर्थात् एकरातको ७ हजार रुपैयाँसम्म लिने गरेका छन्–यौनकर्मीले ।
पश्चिमका पूर्व, पूर्वका पश्चिम
यौनकर्मीहरु विभिन्न बहाना बनाएर र अफिसमा काम गर्ने भन्दै पूर्वका पश्चिम र पश्चिमका पूर्वका होटलहरुमा आउने गरेको होटल व्यवसायीहरुले बताएका छन् । घरबाट पढ्ने तथा विभिन्न सिप सिक्ने भनेर बस्ने गरेका युवतीहरु यौन व्यवसायमा संलग्न हुने गरेको स्रोतले जनाएको छ ।
भारतीय ग्राहक अधिक
झापाका होटलहरुमा यौन प्यास मेटाउन अधिकांश भारतीय ग्राहकहरु आउने गरेको जनाइएको छ । प्रहरीले पटक–पटक पक्राउ गरेको विवरण अनुसार पनि यौन सन्तुष्टि मेटाउन भारतीय पुरुषहरु नेपालका होटलहरु धाउने गरेका छन् ।
४० कटेका पुरुषको आकर्षण
अधिकांश होटलहरुमा यौनजन्य गतिविधिमा संलग्न हुनका लागि ४० वर्षमाथिका पुरुषहरु धाउने गरेका छन् । युवतीप्रतिको आकर्षण मेटाउन उनीहरु होटल धाउने गरेको बताइएको छ ।

Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर