Aamsanchar

सिम्रिकको आम्दानी ६ करोड १४ लाख/ कर ति¥यो २२ लाख

Author Image
बिहिवार, भदौ २२, २०७४

बिर्तामोड।

बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७३÷०७४ मा ६ करोड १४ लाख ३५ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेको छ ।
यो गत वर्षको भन्दा ४५ प्रतिशतले बढी हो । खर्च कटाएर सिम्रिकले १ करोड १५ लाख १४ हजार ८ सय ५१ रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४३.४५ प्रतिशत बढी हो ।
चालू आर्थिक वर्षमा संस्थाले ८ करोड १२ लाख ४२ हजार रुपैयाँ आम्दानी गर्ने र १ करोड ६९ लाख ४१ हजार ८ सय रुपैयाँ नाफा कमाउने लक्ष्य लिएको अध्यक्ष कमलबहादुर बस्नेतले बताए । अध्यक्ष बस्नेतले बुधबार संस्थाको सातौं वार्षिक साधारणसभामा बितेको वर्षको यथार्थ विवरण र चालू वर्षको लक्ष्यसहितको सञ्चालक समितिको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सिम्रिक सहकारीले राज्यलाई आफ्नो आम्दानीबाट २२ लाख ६३ हजार ८ सय ४६ रुपैयाँ कर बुझाएको छ । यो अघिल्लो वर्षभन्दा ४१.४८ प्रतिशत बढी हो । बढी कर तिर्ने संस्थामा सिम्रिकको नाम र पहिचान स्थापित गर्न सकेकोमा अध्यक्ष बस्नेतले गर्व गर्दै भने– ‘संस्थाको छोटो इतिहासमा झापाका ९ सय माथि सहकारीबीचमा सिम्रिकको उचाइले शिखर चुम्न सफल भएको छ ।’
५५ जना सेयर सदस्य र २० लाख ५० हजार सेयर पूँजीबाट ०६७ सालमा स्थापना भएको उक्त सहकारीमा हाल १२ हजार ८ सय ३० जना सेयर सदस्य र ३ करोड ६२ लाख ७१ हजार २ सय रुपैयाँ सेयर पूँजी रहेको संस्थाका सचिव सुवास भट्टराईले बताए । संस्थाले चालू वर्षमा सेयर सदस्यको संख्या १६ हजार ८ सय ३० र सेयर पूँजी ४ करोड ३७ लाख ७१ हजार २ सय रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । संस्थाले बितेको आर्थिक वर्षमा ८३ करोड ८५ लाख ६९ हजार १७ रुपैयाँ बचत संकलन गरेको थियो । चालू वर्षमा निक्षेप संकलन वृद्धि गरी १ अर्ब ८ करोड ४२ लाख ११ हजार पुर्याउने लक्ष्य लिइएको बताइएको छ ।
त्यस्तै ४३ करोड ४८ लाख ७ हजार ७ सय २० रुपैयाँ ऋण लगानी गरेको संस्थाले ३४ करोड २२ लाख ११ हजार ८ सय ३८ रुपैयाँ असुली गरेको छ । चालू वर्षमा ऋण लगानी ५४ करोड पुर्याउने र असुली ४१ करोड रुपैयाँ पुर्याउने संस्थाको लक्ष्य रहेको छ । संस्थाको कोष १ करोड ९ लाख २२ हजार ४ सय २४ रहेको बताइएको छ ।
त्यस्तै कर्मचारी समस्या व्यवस्थापनतर्फ स्वास्थ्योपचार उपदान र आपतकालीन अवस्थाका लागि ३१ लाख ७९ हजार १ सय ६३ रुपैयाँ तथा सेयर सदस्यको समस्या व्यवस्थापनका लागि ६४ लाख ७० हजार २० रुपैयाँको कोष बनाइएको बताइएको छ ।
चालू वर्षमा जगेडा तथा कोष ५५ प्रतिशतले वृद्धि गरी १ करोड ६९ लाख २९ हजार ७ सय ५७ रुपैयाँ पुर्याउने संस्थाको लक्ष्य छ । त्यस्तै सेयर सदस्य तर्फको कोष ९७ लाख र कर्मचारीको कोष ३८ लाख रुपैयाँ पुर्याउने संस्थाले लक्ष्य लिएको साधारणसभा उद्घाटन समारोहमा जानकारी दिइयो ।
त्यस्तै १ करोड १५ लाख ५४ हजार ८ सय ६४ रुपैयाँ संस्थाको स्थिर सम्पत्ति रहेको पनि कार्यक्रममा जानकारी दिइयो । संस्थाले समग्रमा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७३÷०७४ मा ४२.३४ प्रतिशतले बढी वासलास बनाउन सफल भएको पनि बताइयो ।
मेचीनगर, बिर्तामोड, भद्रपुर, कनकाई, अर्जुनधारा, शिवसताक्षी, हल्दिबारी, बाह्रदशी, बुद्धशान्ति र कचनकवलमा ९ वटा सेवाकेन्द्र मार्फत् ८६ जना कर्मचारीका साथ संस्थाले सेवा पुर्याइरहेको बताइएको छ ।
राष्ट्रिय सहकारी बंैकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले प्रमुख अतिथिको रुपमा साधारणसभाको उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, पूर्व अध्यक्ष हरिचरण बानियाँ, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी, बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कुमार भट्टराई, पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी, राष्ट्रिय सहकारी बैंककी सञ्चालक सदस्य सरिता भट्टराई, डिभिजन सहकारी कार्यालयका नायव सुब्बा डिल्ली दाहाल लगायतले शुभकामना व्यक्त गर्दै छोटो समयमा सिम्रिक सहकारीले हासिल गरेको सफलताप्रति प्रशंसा गरेका थिए ।
सचिव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा मीनबहादुर अधिकारीले स्वागत गरेका थिए । उद्घाटन समारोहमा लाइन्स क्लव अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली, नेपाल उद्यमशील महिला महासंघकी जिल्ला अध्यक्ष पार्वता खरेल विमली, वीरता जेसीजका पूर्व अध्यक्ष दीपेन्द्र बस्नेत, रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रमुख राजेन्द्र तिम्सिना लगायतको आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर