इलाम।

त्यस्तै इलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकाका विद्यालयहरूमा साताव्यापी स्वास्थ्य परीक्षण शिविर शुरु गरिएको छ । बाढी प्रभावित यस क्षेत्रका विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई आवश्यक औषधि उपचार गर्ने उद्देश्यले करूणा फाउण्डेशन नेपाल इलाम र जागृति अपाङ्ग संघ चुलाचुलीको सहयोग तथा चुलाचुली गाउँपालिकाको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा बालरोग विशेषज्ञ सत्यनारायण चौधरी, आँखाका दीपक सुवेदी, कानका अर्मेन्द शाह, करूणा फाउण्डेशन नेपालका सन्त विश्वकर्मा लगायतको टोलीले आधारभूत विद्यालयमा गएर बालबालिकाको स्वास्थ्य परीक्षण शुरू गरेको सागर आधारभूत विद्यालयका प्रधानाध्यापक दीलबहादुर काफ्लेले जानकारी दिए ।
स्वास्थ्यकर्मीहरूको टोलीले सागर र शिवज्योति आधारभूत विद्यालयका एक सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरेको छ । करिब एक महिनाअघि आएको बाढी पहिरोका कारण चुलाचुली गाउँपालिकाको सागर आधारभूत विद्यालयको भवन भत्काएपछि अहिले विद्यार्थीहरू पालमा बसेर अध्ययन गरिरहेका छन् ।
यहाँका ११ वटा आधारभूत विद्यालयका बालबालिकामा स्वास्थ्य परीक्षण गरी सेवा प्रदान गरिने करूणा फाउण्डेशन नेपाल इलामका सन्त विश्वकर्माले जानकारी दिए । बाढीका कारण विद्यार्थीहरूमा विभिन्न किसिमका हैंजा फैलन नदिन स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।इलामको फाकफोकथुम गाउँ कार्यपालिकाको बैठकले पाँच वटा आवश्यक कानून निर्माण गरेको छ ।
गाउँ कार्यपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गाउँ कार्यपालिकाको निर्णय तथा आदेश र अधिकार पत्रको प्रमाणीकरण कार्यविधि नियमावली २०७४, गाउँ कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि, कार्यसम्पादन नियमावली, कार्यविभाजन नियमावली र गाउँसभा सञ्चालन कार्यविधि २०७४ पारित गरेको छ ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरिएको छ । त्यस्तैगरी कार्यपालिकाको बैठकले बजेट तर्जुमा प्रक्रिया समेत शुरू गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईको संयोजकत्वमा राजश्व परामर्श समिति गठन गरी आर्थिक वर्ष २०७४÷०७५ मा यस गाउँपालिकाबाट सञ्चालन गरिने राजश्व निर्धारण गरी अनुमोदन समेत गरेको छ । राजश्व परामर्श समितिले चालू आर्थिक वर्षको आन्तरिक आय वार्षिक १० लाख पु¥याउने अनुमान गरिएको कार्यकारी अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।
त्यस्तै जिल्लाको रोङ गाउँपालिकाको पहिलो गाउँ सभा आज बस्ने भएको छ । गाउँपालिकाको कार्यालयमा दिनको १ बजे गाउँसभाको उद्घाटन गरिने गाउँपालिकाका अध्यक्ष शम्शेर राईले बताए ।

