Aamsanchar

राप्रपा जिल्ला समितिका सबैले पार्टी परित्याग गरे

Author Image
बिहिवार, भदौ २२, २०७४

बिर्तामोड।

पार्टी विभाजनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्ने र राप्रपा प्रजातान्त्रिक तथा अन्य पार्टीमा प्रवेशको लहर चलेको छ ।
झापाको बिर्तामोडमा राप्रपाका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनसहितको उपस्थितिमा पूर्वाञ्चल क्षेत्रका स्थानीय तहका अध्यक्षहरुको क्षेत्रीय सम्मेलन भइरहेको बेला राप्रपा इलामको सिंगो जिल्ला समितिले सो पार्टी परित्यागको घोषणा गरेको छ ।
राप्रपा जिल्ला समितिकै लेटरप्याडमा सामूहिक विज्ञप्ति जारी गरी उनीहरुले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको घोषणा गर्दै राप्रपा (प्रजातान्त्रिक)मा आबद्ध हुने निर्णय समेत सार्वजनिक गरेका छन् । राप्रपाले लिएको राजनीतिक एजेण्डामा पार्टीका केन्द्रीय समितिमा विचलन आइ स्वेच्छाचारी ढंगबाट पार्टी सञ्चालन गरेको भन्दै राप्रपा परित्याग गरेको जनाइएको छ ।
जिल्ला समितिलाई पूर्णरुपले उपेक्षा गर्ने र पार्टीका निष्ठावान कार्यकर्तालाई भन्दा पैसामा प्रतिष्ठा खरिद गर्नेहरुलाई प्राथमिकता दिएको भन्दै उनीहरुले राप्रपा त्याग्नुपर्ने कारण खुलाएका छन् । त्यसरी राप्रपा परित्याग गरेर राप्रपा प्रजातान्त्रिकमा आबद्ध हुनेहरुमा जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठ, उपाध्यक्ष कलिका कार्की, सचिव धनबहादुर थापा मगर, कोषाध्यक्ष स्याण्डु चहार, क्षेत्रीय अध्यक्ष धर्मराज नेम्वाङ रहेका छन् ।
त्यस्तै पार्टी परित्याग गर्ने जिल्ला सदस्यहरु रितुवर्ण भट्टराई, पुण्यप्रभा भट्टराई, दिलबहादुर गुरुङ, तुलसी गिरी, मंगलबहादुर राई, विनोद बोहोरा, कर्ण सुब्बा, नसिप राई, प्रेम खड्का, सुनिता सुब्बा, माया चौहान, लीलाबल्लभ न्यौपाने, मायादेवी भट्टराई, राजु कार्की रहेका छन् ।
त्यस्तै युवक संगठनका ताराजन लिम्बू, सन्तोष राई, गाउँ अध्यक्ष मेघनाथ आचार्य, कमल भट्टराई, भक्तकुमारी गदाल, नेत्रबहादुर थापा, नगर अध्यक्ष खेम लुइँटेलले समेत राप्रपा परित्याग गरी राप्रपा प्रजातान्त्रिकमा प्रवेशको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर