Aamsanchar

पूर्वाञ्चलस्तरीय प्रथम मिस्टर ग्यालेक्सी बडीबिल्डिङ प्रतियोगिता शुरु

Author Image
बिहिवार, भदौ २२, २०७४

बिर्तामोड।

बिर्तामोडमा  शुक्रबारबाट पूर्वाञ्चलस्तरीय प्रथम मिस्टर ग्यालेक्सी बडीबिल्डिङ प्रतियोगिता शुरु हुँदैछ ।  इन्टरनेशनल बडी बिल्डिङ फेडरेशन (आईएफवीवी) अन्तर्गत गठन भएको झापा जिल्ला बडीबिल्डिङ संघको आयोजना तथा ग्यालेक्सी फिटनेस बिर्तामोडको संयोजनमा शुक्रबार र शनिबार उक्त प्रतियोगिता गरिने आयोजक समितिका सल्लाहकार तथा बडीबिल्डिङका अन्तर्राष्ट्रिय खेलाडी राम दाहालले जानकारी दिए ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीमाथि तौल समूहमा पूर्वाञ्चलका खेलाडीहरुबीच प्रतियोगिता गराइने आयोजक झापा जिल्ला बडीबिल्डिङ संघका अध्यक्ष रमेश चौधरीले जानकारी दिए ।
प्रतियोगितामा झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, उदयपुरका खेलाडीहरुको सहभागिता रहने बताइएको छ । बिर्तामोडस्थित रोयल पार्टी प्यालेसमा शुक्रबार प्रतियोगिता उद्घाटन भई सेलेक्सन राउण्ड गरिने र शनिबार बिर्तामोडस्थित अग्रसेन भवनमा प्रतियोगिताको फाइनल गरिने संस्थाका अध्यक्ष चौधरीले जानकारी दिए ।
प्रतियोगिताकै प्रथम हुनेलाई ७५ हजार नगद, फष्ट रनरअपलाई ५० हजार, सेकेण्ड रनरअपलाई ४० हजार, थर्ड रनरअपलाई ३० हजार रुपैयाँ नगद, फोर्थ रनर अपलाई २५ हजार, बेष्ट कोचरलाई नगद १० हजार र बेष्ट मस्कुलर मेनलाई १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल आयोजक समितिका सल्लाहकार दाहालले बताए ।
प्रतियोगिता सम्पन्न गर्न रमेश चौधरीको अध्यक्षतामा झापा जिल्ला बढीबिल्डिङ संघ गठन गरिएको बताइएको छ । नवगठित समितिको उपाध्यक्ष योगेश गिरी, प्रेम राजवंशी, रतन लिम्बू, सचिव दीवाकर प्रसाई, सहसचिव उमेश तिम्सिना, कोषाध्यक्ष शारदा दाहाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सुनील बुढाथोकी, प्रकाश सुवेदी, दीपेन चौधरी दीपिका संग्रौला, रोहित प्रसाई, किरण राई, सुशील भट्टराई, सोनिका भण्डारी, धनश्याम गुरुङ, रोवक थापा, बिशाल गिरी र राजन श्रेष्ठ रहेका छन् । समितिको कानूनी सल्लाहकारमा अर्जुन बस्नेत र प्रेस सल्लाहकारमा तुलसीप्रसाद निरौला रहेका छन् ।
त्यस्तै ज्ञानु बास्तोला, राम दाहाल, रामवावु धिमाल, सञ्जु भारती, सुरेश आले, सुवास मेचे, बलदेव गोम्देन, दीपेश ढकाल, आदित्य पराजुली रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर