Aamsanchar

भन्सार छलेको ५३ हजार मुल्य बराबको सामन बरामद

Author Image
शुक्रवार, भदौ २३, २०७४

विरानगर।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत शुक्रबार सुनसरी तथा मोरङबाट भन्सार छलेको ५३ हजार मुल्य बराबरको सामन बरामद गरेको छ।
सुनसरी प्रहरीले कोशी गाउँपालिकाको लौकही र भुटाहाबाट विभिन्न किसिमको किराना समानहरु अन्दाजी ३५ हजार मुल्य बराबरको सामन बरामद गरेको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले १८ हजार मुल्य बराबरको ब्रोइलर कुखुरासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैलाई पशु क्वारेन्टाइनमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर