सुनसरी।

सुनसरीको धरान–१५ बाट प्रहरीले १७ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका कञ्चन सुब्बाको घरमा डेरा गरी बस्ने राज कुमार राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजेतिर राईको कोठाबाट उक्त ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Views: 131

