Aamsanchar

दोहोरो नीतिले भेनियर उद्योगी पलायन हुने चिन्ता

Author Image
आइतवार, भदौ २५, २०७४

बिर्तामोड।

भेनियर उत्पादनमा अनेक समस्याका कारणले उद्योगी पलायन हुन थालेको सरोकारबालाहरुले बताएका छन् ।
झापाको बिर्तामोडमा शनिवार नेपाल भेनियर उत्पादक सघको पाँचौ साधरण सभामा बोल्दै सरोकारबालाहरुले सरकारको दोहोरो नीति तथा गैरजिम्मेबारीका कारण उद्योगी पलायन हुन थालेको बताएका हुन् ।
नेपाल उद्योग बाणिज्य महासघका केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्यमा भएको बार्षिक साधरण सभामा संस्थापक अध्यक्ष नन्दीकिशोर सरावगी, पूर्वाञ्चल प्लाइउड एशोसियसनका सयोजक दीपेन्द्र पोखरेल, झापा बन पैदावर संघका झापा सदस्य पुष्प दाहाल, निजी वन पारिबारिक संघ झापाका आर्थिक संयोजक राजकुमार ओली लगायतले भेनियरको समस्याका कारणले उद्योगी मारमा परेको बताए ।
सघका केन्द्रीय अध्यक्ष एकराज कार्कीको सभापतित्वमा भएको पाँचौं बार्षिक साधारण सभामा उपाध्यक्ष सुवास मुररकाले स्वागत तथा केन्द्रीय सल्लाहकार दिनेश शाक्यले सञ्चालन गरेका थिए । नेपालमा हाल २ सयका हाराहारीमा भेनियर उद्योगहरु सञ्चालनमा रहेको र झापामा मात्रै ९०बटा सञ्चालनमा रहेका छन् । सरकारले निकासीमा ६ रुपैयाँ प्रतिकेजी कर लगाउदै आएको छ भने आयातमा १० प्रतिशत भन्सार लगाउने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर