चारपाने।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा परिबार राहत कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाद्वारा गठित ज्येष्ठ नागरिक उपसमितिका संयोजक दिलीप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ७० बर्ष पूरा गरेका १४ जना शेयर सदस्यलाई सदस्य भत्ता स्वरुप बार्षिक ७ हजार, ६५ बर्ष पूरा गरेका २८ जना शेयर सदस्यहरुलाई समेत सदस्य भत्ता स्वरुप रकम बितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परिबार राहत अन्तरगत परिबारका सदस्यको मृत्यु पश्चात पाउने गरी ६ जनालाई राहत रकम प्रदान गरिएको थियो ।
रकम पाउनेहरुमा बिर्तामोड–१का स्व. शुक्रबहादुर बरालको परिबारले ५ लाख, भद्रपुर–६का स्व. भूमादेबी सिटौलाको परिबारलाई १ लाख, अर्जुनधारा–५का स्व. श्रीप्रसाद राजबंशीको परिबारलाई १ लाख, बिर्तामोड–२का स्व. कपिलेश्बर दासको परिबारलाई ५ लाख, बाह्रदशी–६का स्व. लितमकुमार राजबंशीको परिबारलाई १ लाख र बिर्तामोड–४का स्व. राजु लिम्बूको परिबारलाई १ लाख रुपैयाँ प्रदान गरिएको सहारा नेपालका कर्मचारी भक्तबहादुर खड्काले जानकारी दिए ।
यसैगरी अशक्त भएका कनकाई नपा–८का युबराज न्यौपानेलाई ५ हजार र सुरुङ्गाका पदमबहादुर न्यौपानेलाई राहत सहयोग स्वरुप १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
संस्थाका उपनिर्देशक लक्ष्मण खतिबडाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समिति सदस्य नरहरि न्यौपानेले गरेका थिए ।